सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ

  • सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ
  • सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ
  • सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ
  • सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ
  • सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ
  • सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ

सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ

3 June, 2018 23:12 | जन सरोकार | comments | 90900 Views

सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ

बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दरता राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।

सडककोबीच भागमा राखिएका सडक सौर्यबत्तीको उज्यालो जुनकिरीझैं मधूरो टल्किने उज्यालो मात्र दिन्छन् ।

adsads
बुटवल बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएका सडक सौर्यबत्ती प्राविधिक रुपमा दुई वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा छन् ।

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको नेपाल भारत सीमा बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गको रुपमा आधुनिक र फाराकिलो बनाउने काम भइरहेको छ । उक्त सडकबीचमा रहेको डिभाइडरमा पोल गाडेर राखिएका सौर्यबत्ती अहिलेसम्म साढे पाँच किलोमिटरमा राखिएको छ । सडककोबीच भागमा राखिएका यस्ता १५० सौर्यबत्ती प्राविधिक रुपले नै काम नलाग्ने अवस्थामा देखिएका छन् ।

व्यापारिक मार्गको बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलसम्मको झण्डै साढे चार किलोमिटर खण्डमा र भैरहवामा एक किलोमिटर क्षेत्रमा १५० बत्ती राखिएको छ । व्यापारिक मार्ग आयोजनाको करीब रु दुई करोडको लागतमा करीब दुई वर्षअघि मात्र यी बत्ती राखिएका हुन । महेश निर्माण सेवा कम्पनीले उक्त सोलारबत्ती जडानबापतको रु दुई करोड भुक्तानी पाइसकेको छ ।

उक्त सोलारबत्ती जडान गरेको करीब दुई वर्षमै झण्डै ५० प्रतिशत भन्दा बढी बत्ती त बल्नै छाडेका छन् । बत्तीले उज्यालो दिन छाडेपछि आयोजना कार्यालयले मर्मतका लागि काम भइरहेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रवक्ता इन्जिनियर गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकमा प्रर्याप्त उज्यालो हुन नसक्नुमा सोलार बत्तीको पावर कम हुनु र प्रत्येक पोलको दुरी बढी हुनु नै मुख्य रहेको छ । सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दुरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले पनि उज्यालो प्रर्याप्त हुन नसकेको उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले सडकमा रातिको समयमा पनि उज्यालो राखेर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएको सोलार बत्तीले प्रभावकारी रुपमा काम गर्न नसकेकाले यसको विकल्पमा अन्य व्यवस्था गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

व्यापारिक मार्गको अधिकांश क्षेत्र जिल्लाको तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्दछ । तिलोत्तमा नगरपालिकाका प्रमुख वाशुदेव घिमिरे आयोजनाले राखेका सोलार प्लान्ट बत्तीले प्रभावकारी रुपमा उज्यालो दिन नसकेको बताउँदै पहिले राखेका र अब नयाँ ठाउँमा राख्ने बत्ती प्रभावकारी हुने गरी राख्न आयोजनालाई आफूहरुले अनुरोध गरेको बताउनुहुन्छ । उहाँले आयोजनाले राजमार्ग क्षेत्रमा राख्ने यस्ता बत्ती पूर्णरुपले उज्यालो दिने खालको राख्ने प्रतिबद्धता जनाएको नगरप्रमुख घिमिरे बताउनुहुन्छ । –भरत केसी, रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

फेसबुक

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!