पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि

  • पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि
  • पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि
  • पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि
  • पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि
  • पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि
  • पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि

सडनडेथमा आर्मीलाई पराजित गर्दै पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि

5 May, 2019 10:50 | खेल | comments | 10800 Views

पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि

काँकडभिट्टामा आयोजना भएको मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब विजेता बनेको हो ।

adsads

विजेता पुलिस क्लबले रु १० लाख एक हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता त्रिभुवन आर्मीले रु पाँच लाख एक हजार नगद पुरस्कार पाएको छ । निर्धारित ९० मिनेटभर दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमा खेलाइएको थियो । तर टाइब्रेकरमा समेत ३–३ गोल बराबर भएकाले सडनडेथबाट खेलको निर्णय गरिएको थियो ।

सडनडेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेस कुथुलाई ठोक्किँदै जाली चुमेको थियो । परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो ।

बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि पाएका पुलिस क्लबका रवि पासवानले रु एक लाख एक हजार पुरस्कार पाए । वैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजकसहित पुलिस, आर्मी, सङ्कटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भूटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।

युनाइटेड दार्जिलिङलाई पराजित गर्दै पुलिस क्लब माइभ्याली गोल्डकपको सेमिफाइनलमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पुलिस क्लबले जित्यो मेचीनगर गोल्डकपको उपाधि

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More