सताक्षीधाममा गौमूत्रबाट औषधि उत्पादन सुरु

18 November, 2019 20:17 |जल/वातावरण/स्वास्थ्य | comments | 5700 Views

    हिन्दु धर्मले गाईलाई लक्ष्मी र आमाका रुपमा किन सम्मानित गरेको र गौबध किन गर्नुहुन्न भने स्पष्ट कारणसहित गाईको गुण बयान गरेको छ । गाईको दूधदेखि मलमुत्र समेत मानव जीवनका लागि अति उपयोगी भएकाले गाई संरक्षणको मान्यता स्थापित गरिएको हो ।

    adsads

    नेपालमा गाईलाई राष्ट्रिय जनावर मानिएको छ तापनि यसमा विमति राख्नेहरुले गौबध गर्न पाउनुपर्ने र गाई हिन्दुहरुको मात्र माता भएको गलत चर्चा गरिए पनि गाई सम्पूर्ण मानवका लागि माता नै हुन् । र आजभोलि गौमुत्रबाट औषधि बनाउन थालिएबाट पनि यो प्रमाणित हुन्छ । गौमूत्रमा एन्टी फंगल, एन्टी ब्याक्टेरियल र एन्टीफ्लेमेटरी गुण रहेको वैज्ञानिक अध्ययनबाट पनि पुष्टि भैसकेको छ ।

    झापास्थित धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा गौमूत्रबाट गौअर्क ब्रान्डको औषधि उत्पादन गर्न शुरु गरिएको छ । धाममा २०७१ सालमा गोलोक गोवद्र्धन गौशाला स्थापना गरिएको र गौशालाका उन्नत तथा स्वस्थ गाईको मूत्र भुइँमा झर्न नदिई सोझै सङ्कलन गरी वाष्पीकरणको प्रक्रियाबाट पुनः तरल पदार्थमा रूपान्तरण गरी गौअर्क उत्पादन हुने गरेको गौशालाका संरक्षक भारद्वाजले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दैनिक ४० लिटर गौअर्क उत्पादन हुने गरेको छ । “गौअर्क पेटमा देखिने कुनै पनि समस्याको उपचारका लागि प्रयोग गरिन्छ”, भारद्वाजले भन्नुभयो ।

    गौशालाले बेलको जुस, गोबरको कोइला, अगरबत्ती, हवन सामग्री, गड्यौँला मलको पनि उत्पादन शुरु गरेको छ । गड्यौँला मल दैनिक एक क्विन्टल उत्पादन हुने गरेको छ । गौशालामा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादन गर्ने तयारी गरिएको गौशालाको व्यवस्थापन प्रमुख लीला शास्त्रीले बताउनुभयो ।

    गौशालामा रहेका गाईको स्वास्थ्य उपचारका लागि धाममा गौ अस्पताल निर्माण भएको छ । गौशालाले करोडौँ रुपैयाँको लागतमा शिवलिङ्ग र मन्दिर निर्माण गरिरहेको छ । गौशालाले हरिदेव गुरुकुल विद्यालयसमेत सञ्चालन गरिरहेको छ ।

    गोलोक गोवद्र्धन गौशालाधाम स्थापना भएपछि सताक्षीधामको मुहारमा परिवर्तन आएको बताइएको छ । धार्मिक महोत्सवमा गौशालाको महिमा र गौमूत्रका विषयमा समेत जानकारी गराइन्छ । यहाँ ३०० भन्दा बढी गाईको संरक्षण गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    फेसबुक

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    ट्वीटर

    सामाजिक सञ्जाल

    More