सत्ताको भागबण्डा मिल्ने वित्तिकै संसदको अबरोध हट्छः भट्टराई

2 January, 2017 23:04 |राजनीति | comments | 19650 Views

    नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दलवीच राजनीतिक मुद्दामा कुनै मतभिन्नता नरहेकोले सत्ताको भागबण्डा मिल्ने वित्तिकै निकास निस्किने बताएका छन् ।
    सोमबार रिपोर्टर्स क्लब नेपालले क्लबको ज्ञापनपत्र बुझ्दै संयोजक भट्टराईले ‘प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मिलीजुली सरकार बनाएर जाँदा समस्याको समाधान हुने बताए ।

    adsads
    उनले सत्तासाझेदारीमा मनमुटाव भएको आरोप लगाए । प्रमुख दलहरुबीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने पनि झगडा रहेको आरोप लगाए ।
    संयोजक डा.भट्टराईले भने,‘यहाँ दलहरुले मोही माँग्ने ढुङ्ग्रो लुकाउने गरिरहेका छन्, स्याडो बक्सिङ भैरहेको छ।’उनले वर्तमान राजनीतिक समस्याको समाधानको लागि नयाँ सूत्रसमेत अघि सारेका छन् । उनले सारेका सूत्रहरुमा पहिले संविधान संशोधन गर्ने, प्रदेशको र स्थानीय तहको पुर्नसंरचना गर्ने र त्यसपछि तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने रहेका छन्।
    उनले मुलुकको निकासको लागि तीनवटै प्रमुख राजनीतिक दलहरुले आफ्नो सत्तासाझेदारीको मुद्दालाई मिलाएर आवश्यक परे सँगै मिलेर मिलीजुली सरकार बनाएर जान तयार भए अहिलेको समस्याको हल हुने विश्वास व्यक्त गरे । उनले भने,‘काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच एजेण्डामा त्यति ठूलो अन्तर छैन, त्यसैले तीन वटै ठूला दलहरु एक ठाउँमा बसेर मधेशी, थारु र जनजातिहरुको मुद्दापनि हाम्रो आन्तरिक मुद्दा हो भनेर स्विकार गरेर अघि बढ्नुपर्छ, उहाँहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने आशंका पनि छ, त्यसो हो भनेपनि मिलेर सरकार बनाएर असन्तुष्टहरुको मुद्दा संविधान संशोधन मार्फत यथोचित सम्बोधन गरेर अघि बढ्नुपर्छ।’
    यद्यपी भट्टराईले समय कम भएकोले आवश्यक पर्दा एकैचोटी तीनवटै निकायको निर्वाचनपनि गर्न सकिने बताए। उनले भने,‘तीनवटै निकायको चुनाव गर्न सकिन्छ, किनकी नेपाल सानो देश हो, हामीसँग समय कम छ, तर यो प्राविधिक विषय भएकोले निर्वाचन आयोगसँग छलफल गरेर निश्कर्षमा पुग्नुपर्छ।’
    संयोजक डा. भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेजस्तो संसदीय अभ्यास गरेर आएको पार्टीले संसद अवरोध गरिरहनु शोभनीय नभएको टिप्पणी गरे। उनले काँग्रेस र माओवादी केन्द्रले पनि संविधान जारी गर्नको एमालेले खेलेको भूमिकालाई न्युनिकरण गरेर गतिरोध कायम गर्न नहुने जिकिर गरे।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More