सन्तोषी बनिन एथलेटिक्समा स्वर्ण जित्ने पहिलो महिला खेलाडी- अहिलेसम्म नेपालको हातमा २१ स्वर्ण

3 December, 2019 18:09 | Homepage | comments | 41100 Views

काठमाडौंमा मंगलबार भएको महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जितेर इतिहास रचिन । श्रेष्ठ एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडीका रुपमा दर्ज भइन् ।

श्रेष्ठले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गर्दै .स्वर्ण जितेकी हुन् । उनले भारतकी कविता यादवलाई मात्रा एक मिलीसेकेन्डले उछिन्दै स्वर्ण हात पारेकी हुन् । यादवले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । यो स्पर्धामा भारतकी पविता यादाले रजत र श्रीलंकाकी निलाथीले कास्य हात पारेका छन् ।

  

यो स्वर्णसहित ताजा स्थितिमा नेपालले २१ स्वर्णपदक जितेको छ । नेपालले २१ स्वर्ण, ५ रजत र ८ काँस्य पदक जितेर पहिलो स्थानमा छ भने नेपाललाई भारतले पछ्याइरहेको छ । भारतले ६ स्वर्ण, ११ रजत र ४ काँस्य पदकसहित दोस्रो स्थानमा छ । नेपालका लागि अत्यधिक पदक तेक्वान्दो, कराँते र उसुले दिलाएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More