दिल्ली दिल्ली

  • दिल्ली
  • दिल्ली
  • दिल्ली
  • दिल्ली
  • दिल्ली
  • दिल्ली

सन्दीपको टिम दिल्ली क्वालिफायर्समा : हैदरावाद दुई विकेटले पराजित

9 May, 2019 13:40 | खेल | comments | 18600 Views

रिशभ पन्त

सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आइपिएल)को क्वालिफायर्समा पुगेको छ । बुधबार भएको इलिमिनेटर म्याचमा सनराइजर्स हैदरावाद दिल्लीसंग २ विकेटले पराजित हुन पुग्यो ।

adsads

अब दिल्लीले फाइनल प्रवेशको लागि क्वालिफायर १ मा मुम्बईसंग पराजित भएको टोली चेन्नईसंग खेल्नेछ ।विषकापटनाम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ३६ रन बनाए भने मनिश पाण्डेले ३० रन जोडे । त्यस्तै कप्तान केन विलियम्सनले २८ रन बनाई आउट भए भने विजय शंकर मोहम्मद नावीले क्रमश:२५ र २० रन बनाए । दिल्लीको लागि किमो पलले ३ विकेट लिए भने इसान्त शर्माको भागमा २ विकेट रह्यो । यस्तै अमित मिश्रा र ट्रेन्ट बोल्टले पनि समान १-१ विकेट लिए ।

१६३ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य भेट्टायो । निकै बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । उसका लागि पृथ्वी शाले ५६ रनको अर्धशतकीय पारी खेले भने रिशभ पन्तले ४९ रन बनाए । त्यस्तै शिखर धवन १७ रन बनाई आउट भए भने कोलिन मुन्रोले १४ रन जोडे । हैदरावादको लागि भुवनेश्वर कुमार, खालिल अहमद र राशिद खानले समान २-२ विकेट लिए भने दीपक हुद्दाको भागमा १ विकेट रह्यो ।

दिल्ली

क्वालिफायर दोस्रो भोलि(शुक्रबार) दिल्ली र चेन्नईबीच विषकापटनाम स्टेडियममा हुनेछ । यस खेलमा विजयी भएको टिम उपाधिको लागि मुम्बईसंग भिड्नेछ । क्वालिफायर पहिलोमा चेन्नईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो ।

सन्दीपको टोली दिल्ली आइपिएलको प्ले अफमा : बैंगलोर १६ रनले पराजित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दिल्ली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!