दिल्ली दिल्ली

  • दिल्ली
  • दिल्ली
  • दिल्ली
  • दिल्ली
  • दिल्ली
  • दिल्ली

सन्दीपको टोली दिल्ली आइपिएलको प्ले अफमा : बैंगलोर १६ रनले पराजित

29 April, 2019 14:25 | खेल | comments | 15600 Views

कोलकाताद्वारा मुम्बई पराजित

दिल्ली

इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स विजयी भएका छन् । पहिलो खेलमा रोयल च्यालेंजर्स बैंगलोर दिल्लीसंग १६ रनले पराजित भयो भने मुम्बई इन्डियन्स ३४ रनले स्तब्ध हुन पुग्यो ।

adsads

जितसंगै दिल्ली प्ले अफमा पुगेको छ भने बैंगलोरको प्ले अफमापुग्ने सम्भावना गणितीय मात्र बाँकी छ ।
दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित२० ओभरमा ५ विकेट गुमाउँदै१८७ रन बनायो । उसका लागि कप्तान श्रेयस ऐयरले ५२ रन बनाए भने शिखर धवनले ५० रन बनाए ।

त्यस्तै शेरफेन रुथरफोर्ड र अक्सर पटेल क्रमश: २८ र १६ रनमा अविजित रहे । बलिङमा बैंग्लोरका युजभेन्द्र चाहलले २ विकेट लिए भने वाशिंगटन सुन्दर, उमेश यादव र नवदीप सैनीको भागमा समान १-१ विकेट रह्यो ।
१८८ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको बैंगलोर निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७१ रन मात्र बनाउन सक्यो । उसका लागि मार्कुस स्टोनीसले ३२ रनमा अविजित रहंदा पार्थिव पटेलले ३९ रन बनाए । यस्तै गुरकिरत सिंहले २७ रन बनाई आउट भए भने शिवंम डुबेले २४ रन जोडे ।

दिल्लीको लागि अमित मिश्र र कगीसो रबडाले समान २-२ विकेट लिए भने अक्सर पटेल, इशान्त शर्मा र शेरफेन रुथरफोर्डले समान १-१ विकेट लिंदा सन्दीप लामिछाने भने महँगो सावित हुँदै विकेट लिन सकेनन् । ३ ओभर बलिङ्ग गरेका सन्दीपले ३६ रन खर्चिए । खेलको म्यान अफ द म्याच शिखर धावन भए ।

जितसंगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईसँग अंक बराबरी गरेपनि रनरेटका आधारमा चेन्नईलाई पछि पर्दै दिल्ली शीएश स्थानमा उक्लिएको हो भने पराजित बैंगलोर तालिकाको अंकको पुछारमा रहेको छ ।

कोलकाताद्वारा मुम्बई ३४ रनले पराजित
त्यस्तै सोमबार भएको खेलमा कोलकाताले मुम्बईलाई ३४ रनले पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २३२ रन बनायो । जुन यो सिजनको र इडेन गार्डेन मैदानमा सबैभन्दा ठुलो स्कोर हो ।

उसका लागि आन्द्रे रसेलले ४० बलमा ८० रन बनाए जसमा ६ चौका र ८ छक्का सामेल थियो भने सुभंम गिलले ७६ रन जोडे । त्यस्तै क्रिस लिनले ५४ रन बनाईआउट भए भने दिनेश कार्तिक १५ रनमा अविजित रहे । मुम्बईको लागि हार्दिक पाण्डेय र राहुल चाहरले समान १-१ विकेट लिए ।

२३३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको मुम्बई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि हार्दिक पाण्डयाले ९१ रनको पारी खेले पनि टोलीको हार टार्न सकेनन् । ३४ बल सामना गरेका हार्दिकले ६ चौका र ९ छक्का प्रहार गरे भने सूर्य कुमार यादवले २६ रन बनाए । त्यस्तै कुर्नाल पाण्डया २४ रन बनाई आउट भए भने किरोन पोलार्डले २० रन जोडे ।

कोलकाताका लागि सुनिल नारिन, ह्यारी गुर्ने र आन्द्रे रसेलले समान २- २ विकेट लिए । खेलको म्यान अफ द म्याच आन्द्रे रसेल चुनिए ।जितसंगै कोलकत्ताले १२ खेलबाट १० अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित मुम्बई १२ खेलबाट १४ अंक जोड्दै तेस्रो स्थानमा झरेको छ ।

कोलकाता

प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र किंग्स इलाभेन पन्जाब भिड्दै छन् । खेल सवा आठ बजे हैराबादमा हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दिल्ली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More