सन्दीप नखेलेको खेलमा दिल्ली पराजित : फाइनलमा पुग्ने आशा अधुरै(हाइलाइट्स)
चेन्नई ६ विकेटले विजयी
इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स चेन्नईसंग ६ विकेटले पराजित हुन पुग्यो ।
यो खेलमा पनि सन्दीप बेञ्चमै थिए । जितसंगै चेन्नई फाइनलमा प्रवेश गरेको छ । बिसाखापट्नममा भएको दोस्रो क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । उसका लागि ऋषभ पन्तले ३८ रन बनाए भने कोलिन मुन्रोले २७ रन जोडे । त्यस्तै शिखर धवन १८ रन बनाई आउट भए भने कप्तान श्रेयस आयरले १३ रन जोड्नु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गरेनन् । चेन्नैको लागि दीपक चहर, हरबजन सिंह, रविन्द्र जडेजा र ड्वायन ब्राभोले २–२ विकेट लिए भने इमरान तहिर्को भागमा १ विकेट रह्यो ।


१४८ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । निकै राम्रो सुरुवात गरेको चेन्नईका दुई ओपनर ब्याट्सम्यान फाफ डु प्लेसिस र शेन वाट्सनले समान ५०-५० रनको अर्धशतकीय पारी खेले भने अम्बाती रायडु २० रनमा अविजित रहे । त्यस्तै सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन जोडे । दिल्लीका लागि ट्रेन्ट बोल्ट, अक्सर पटेल, अमित मिश्रा र इशान्त शर्माले समान १-१ विकेट लिए । दिल्ली क्यापिटल्सको पहिलो पल्ट फाइनलमा पुग्ने लक्ष्यमा चेन्नाई बाधक बन्यो । योसँगै सन्दीपका लागि पनि आईपीएल यात्रा यो सिजनका लागि सकिएको छ । यस सिजन सन्दिपले ६ खेल खेलेर ७ विकेट लिए । खेलको म्यान अफ दी म्याच फाफ डु प्लेसिस भए ।
अब उपाधिको लागि आइतबार चेन्नईले मुम्बई इन्डियन्सको सामना गर्नेछ । मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो । पहिलो क्वालिफायरमा मुम्बईसँग हारेपछि चेन्नईले अर्को मौका पाउदै इलिमिनेटरको विजेता दिल्लीसँग दोस्रो क्वालिफायर खेल्नुपरेको हो । चेन्नई र मुम्बईले अहिलेसम्म समान ३-३ पटक आइपिएल उपद्जी जितेका छन् । मुम्बईले २०१३, २०१५ र २०१७ मा उपाधि जितेको थियो भने चेन्नईले सन् २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो ।
हाइलाइट्स-
सन्दीप नखेलेको खेलमा दिल्ली पराजित : मुम्बई ४० रनले विजयी
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


