मुम्बई मुम्बई

  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई
  • मुम्बई

सन्दीप नखेलेको खेलमा दिल्ली पराजित : मुम्बई ४० रनले विजयी

19 April, 2019 14:02 | खेल | comments | 30600 Views

मुम्बई

इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्ली क्यापिटल्स पराजित भएको छ । बिहिबार राति भएको खेलमा दिल्ली मुम्बई इन्डियन्ससंग ४० रनले पराजित हुन पुग्यो ।

स्पिनरहरुको लागि उपयोगी मानिएको फिरोज शाह कोटला मैदानमा स्पिनर सन्दीप लामिछानेलाई नखेलाउनु दिल्ली लागि गलत सावित भयो । दिल्लीको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि क्रुनाल पाण्डेय ३७ रनमा अविजित रहे भने क्विनटन डी ककले ३५ रन बनाए । त्यस्तै हार्दिक पाण्डेय ३२ रन बनाईआउट भए भने कप्तान रोहित शर्माले ३० रन जोडे ।

  

दिल्लीले अन्तिम तीन ओभरमा ५० रन दिएको थियो । पेस बलरहरुलाई गलत सावित भएको पिचमा मुम्बईले विकेट गुमाए भएपनि बलरहरुले विकेट लिन नसक्दा र स्पिनरको लागि राम्रो मानिएको पिचमा सन्दीपलाई नखेलाउदा दिल्लीले नमिठो हार व्यहोर्यो । दिल्लीका लागि कागिसो राबडाले २ विकेट लिए भने स्पिनर अमित मिश्रा र अक्सर पटेलको भागमा समान २-२ विकेट रह्यो ।

१६९ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन बनाए भने अक्षर पटेलले २६ रन जोडे । त्यस्तै पृथ्वी शा २० रन बनाई आउट भए भने क्रिस मोरिसले ११ रन बनाए ।मुम्बईका लागि स्पिनर राहुल चाहरले ३ विकेट लिए भने जस्प्रित बुम्राहको भागमा २ विकेट रह्यो । खेलको म्यान अफ द म्याच हार्दिक पाण्डेय भए । प्रतियोगिता अन्तर्गत आज कोलकाता र बैंगलोर भिड्दै छन् । खेल आज सवा आठ बजे कोलकाताको घरेलु मैदानमा हुनेछ ।

जितसंगै ९ खेलबाट १२ अंक जोडेको मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ भने ९ खेलबाट १० अंक जोडेको दिल्ली तेस्रो स्थानमा झरेको छ ।

आइपिएलमा चेन्नई र दिल्लीको सहज जित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुम्बई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More