सपना कसरी साकार हुन्छ ? अशिमको जस्तै लगनले हुन्छ

25 December, 2019 15:15 | सूचना/प्रविधि | comments | 52950 Views

नेपालमा सूचना प्रविधिविज्ञ महावीर पुन राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरेर मुलुकलाई चाहिने प्रविधि आविस्कार गर्ने अभियानमा लागिरहेका बेला चितवनका एक युवाले विद्युतीय मोटरसाइकल बनाएर सफल परीक्षण मात्र गरेनन् कि यसको पहिलो सार्वजनिक मोडल विक्री नै गरे

अशिमले यस्तो बेलामा स्वदेशमै विद्युतीय मोटरसाइकल बनाए जतिबेला नेपालमा केही हुन सक्दैन भन्दै अभिभावक आफ्ना छोराछोरीलाई विदेश पठाउँछन, उता बस्न प्रेरित गर्छन । तापनि नेपालमै केही गर्नुपर्छ भन्नेहरु विदेशको विलासी जीवन त्यागेर फर्कन्छन् र केही गर्छन । यस्तै केही गर्नेमा परे अशिम पाण्डले जसले विद्युतीय मोटरसाइकल बनाए र आफ्नो पहिलो उत्पादन उद्योगी सौरभ ज्योति अशिमको विद्युतीय मोटरसाइकलको पहिलो ग्राहक बने ।

  

२०४६ सालमा चितवन, भरतपुरमा जन्मिएका अशिम सानैदेखि काठमाडौंमा पढे । अनामनगरको अलाइन्स एकेडेमीबाट एसएलसी पास गरेर मल्पी इन्सिच्युटबाट ए लेभल सके । उनलाई सानैदेखि इन्जिनियरिङ पढेर अउडी, बिएमडब्लु, मर्सिडिज लगायत संसारभर चर्चित कम्पनीका डिजाइन स्टुडियोमा काम गर्ने रहर थियो । अनि एरोस्पेस इन्जिनियरिङ गर्न नेदरल्यान्ड्स हानिए । इन्जिनियरिङ गर्दैगर्दा उनले २ वर्ष विद्युतीय सवारीसाधनको एउटा प्रोजेक्ट गर्ने अवसर पाए ।

उनले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादनको योजना भने आफ्नो अध्ययनका क्रममा प्रोजेक्टमा हामीले सोचेर, त्यसको डिजाइन तयार गरेर, उत्पादन गरेर, परीक्षण गरेर संसारका एक सय ५० भन्दा धेरै विश्वविद्यालयसँग रेस गर्नुपर्थ्यो । यो त्यही समय थियो, उनको मनमा विद्युतीय सवारीसाधनको बिउ टुसाएको । पछि स्नातकोत्तर पढ्ने बेला उनले हाइपर कार निमार्ता कम्पनीको डोंकरभोर गाडीको एउटा विभागको डिजाइन टिममा काम गर्ने मौका पा ए। त्यहाँ अशिमले औद्योगिकस्तरमै सवारीसाधन कसरी उत्पादन हुन्छन् भन्ने राम्रो जानकारी पाए ।

त्यतिबेला नै लाग्यो उनलाई चारपाँच जना मात्र चासो भएका मान्छे भए नेपालमै पनि सवारीको काम गर्न सकिन्छ । त्यही सपना बोकेर दुई वर्षअगाडि नेदरल्यान्ड्सबाट नेपाल फर्कँदा अशिम पाण्डेसँग सपना मात्र थियो । नेपालमै गुणस्तरीय विद्युतीय मोटरसाइकल बनाएर देखाउने सपना। कर्म नेपालमै गर्न सकिन्छ भनेर बुझाउने सपना।

उनलाई पनि नेदरल्यान्ड्स बसाइमा सिकेका कुरा नेपालमा देखाउने हुटहुटी बढ्दै गयो । यो बेलासम्म उनमा विद्युतीय मोटरसाइकल बनाउने चाहना पलाइसकेको थियो। उनले त्यसको नाम पनि सोचिसकेका थिए यात्री । अशिमको त्यो सपना गत बिहीबार पूरा भयो । बिहीबार अशिमको यात्री डिजाइन स्टुडियोले यात्री विद्युतीय मोटरसाइकल सार्वजनिक गर्‍यो । मोटरसाइकल धेरैले मनपराए ।

अशिम २०१७, नोभेम्बरमा नेपाल फर्किए । फर्किएपछि कम्पनी रजिष्ट्रार लगायतका कानुनी प्रक्रिया सके । अनि ुयात्रीु सपना पूरा गर्न आफैं यात्री भए। देशका धेरै ठाउँ घुमे । त्यो यात्राले उनलाई एउटा कुरा बुझायो, राम्रो विद्युतीय मोटरसाइकलको भविष्य राम्रो छ।

उनलाई एउटा राम्रो टोलीको खाँचो भयो । नेपाल आएको तीन महिनापछि टेड टक्स कार्यक्रममा बोल्ने अवसर पाएका थिए । त्यही कार्यक्रम उनको योजनाको टर्निङ प्वाइन्ट बन्यो । त्यहाँ उनले आफ्नो योजनामा साथ दिने केही साथी भेटे । कम्पनीबाट सुरूआती चरणका केही साथी अलग्गिए पनि कनिस्क सुवाल, शुलभलाल श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, अशेष श्रेष्ठ, सार्थक शर्मा पौडेल र बत्सल पाण्डेले अशिमलाई साथ दिइरहेका छन् ।

उनको सपनाले विस्तारै मूर्त रूप लिन थाल्यो । सन् २०१८, जुलाईसम्म त ुकन्सेप्टु मात्र भएको उनी बताउँछन् । नोभेम्बरबाट भने व्यवहारिक रूपमै काम थाले । अशिम र उनको टोलीले मोटरसाइकलमा आवश्यक सबै पाटपूर्जा नेपालमै डिजाइन गरे । उनका अनुसार यी पाटपूर्जा ुफाइभ एक्सिस सिएनसीु नामको विशेष मेसिनबाट बनाउनुपर्छ ।

चितवनमा रहेको कम्पनीबाट २०१९, फेब्रअरीमा यात्रीको पहिलो मोडल भि १.० बन्यो । उक्त मोडल उनीहरूले जुन महिनामा नेपालगञ्ज लगेर परीक्षण गरे । परीक्षणबाट उनीहरूलाई धेरै कुरा थाहा भयो, कमजोरी पत्ता लगाए । पछि उनीहरूले भि १.१ मोडल बनाए । कमजोरी सुधार्दै, विशेषता थप्दै अन्ततः यही वर्ष नोभेम्बरमा भि २ तयार भयो । सरकारी निकायबाट अनुमति लिएर चितवनको मेघौली एयरपोर्टमा २६ घन्टा परीक्षण गरे । चार्ज गर्ने समयबाहेक ५ जनाले दिउँसो २ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म लगातार चलाए ।

३० किलोवाटको मोटर रहेको यो मोटरसाइकलमा ६ किलोवाटरआवरको ब्याट्री छ। यसले एकपटक पूरा चार्ज गर्दा २३० किलोमिटरसम्म जान सकिने अशिम बताउँछन्। पूरा चार्ज गर्न २ घन्टा लाग्छ । अझै कम समयमा चार्ज होस् भनेर उनीहरू ुफास्ट चार्जिङुबारे पनि अध्ययन गर्दैछन् ।

बिक्रीका लागि पहिलो चरणमा उनीहरू ५० वटा मोटरसाइकल बनाउँदैछन् । ती मोटरसाइकल ग्राउन्ड क्लियरेन्स (सवारी र सडकको दुरी) लगायत केही फिचरमा थप सुधार गरिने उनले बताए । बिक्रीपछिको सेवामा गुनासो नहोस् भनेर थोरै उत्पादन गर्न लागेको उनी बताउँछन् । यसको मूल्य भने बिक्रीकै बेला तय हुने उनी बताउँछन् ।

सन् २०२० बाट सर्वसाधारणलाई टेष्ट राइड दिने घोषण समेत उनीहरूले गरिसकेका छन् । २०२१ बाट धेरै उत्पादन गरेर नेपालबाहिर मोटरसाइकल निर्यात गर्ने अशिमको योजना छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More