सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

20 September, 2017 13:56 | राजनीति | comments | 218700 Views

सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ ।

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले आज दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ ।

  

गोइतले २४२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता (यादव)ले ११० मत प्राप्त गर्नुभएको छ ।

राजपाका तर्फबाट दलित महिला सदस्य राजकुमारी सदा, सदस्य शिवचरण मण्डल र रामकिसुन खडकासहित राजपाको प्यानलनै विजयी भएको राजपाले जनाएको छ ।

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार लक्ष्मी खंग मण्डलको प्यानलै विजयी भएको छ ।

हिजो मात्र सप्तरीको सप्तकोशी नगरपालिका–१ मा नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै विजय भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा भोलि असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुन नसकेको र अहिले १७ वटा स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ ।

मतगणना परिणामअनुसार मुख्य पाँच दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता कायम गर्नुभएको छ ।

सुरुंगा नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार ७३५ मत प्राप्त गरी अगाडि छन् भने संघीय समाजवादी फोरम नेपाल ५८१ मतसहित दोश्रो स्थानमा र ४५४ मतसहित नेपाली काँग्रेस तेस्रो स्थानमा रहेको छ । यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीले आफ्नो अग्रता कायम गरेको छ ।

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान, रौतहटमा ८०.४ प्रतिशत मत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More