सप्तरीमा दुई प्रहरी कोरोना संक्रमित

29 May, 2020 00:17 | जल/वातावरण/स्वास्थ्य | comments | 24300 Views

सप्तरीको बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश नं २ मा कोरोना संक्रमित प्रहरीको सङ्ख्या १३ पुगेको छ । सबैभन्दा बढी बारामा सात प्रहरी संक्रमित देखिएका छन् । सप्तरी, सिरहा र धनुषामा दुईदुई प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More