“सबै धर्मलाई सँधै सम्मान गर्छु- बृद्धभत्ता बढाउन भूमिका खेल्छु” : विद्या

19 November, 2019 18:43 |राजनीति | comments | 8250 Views

    कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताउनुभएको छ । मंगलबार चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उहाँले धर्म, संस्कृति र संस्कारलाई साधै सम्मान गर्ने बताउनुभएको हो ।

    adsads

    सम्बोधनका क्रममाा उहाँले रवीन्द्र सँधै धर्म र संस्कृतिको पक्षपाती भई त्यसको सुधारमा लागेको र आफू पनि उहाँको अनुयायी भएकाले त्यसप्रति सदैव सम्मान गर्ने गरेकोबताउँदै धर्म र संस्कृति समाजका अविछिन्न पाटाहरु हुन् तर यो समयसापेक्ष रुपमा परिमार्जित गर्न जरुरी छ । सो अवसरमा उहाँले गुप्तेश्वर महादेवमणी मन्दिरमा चलिरहेको अखण्ड भजन किर्तनमा सहभागि भई भक्तजनसँगै नाच्दै मत माग्नुभएको थियो ।

    त्यसै गरी घरदैलोका क्रममा उम्मेद्वार विद्या भट्टराई अधिकारीले मुक्तिनाथ विकास वैंकमा सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) बुझ्न लामबद्ध बृद्धबृद्धाहरुसँग मत माग्दै आगामी दिनमा बृद्धभत्ता बढाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा बृद्धभत्ता बुझिरहेका बृद्ध बुबाआमाहरुले आफूलाई बृद्धभत्ता दिएर बाँच्ने आधार निर्माण गर्ने नेकपालाई नै यसपटक जिताउनका लागि विद्यालाई मतदान गर्ने बताएका थिए ।

    यसैबीच, छोरेपाटनमा आयोजित कोणसभामा बोल्दै नेकपाकी युवा नेतृ नवीना लामाले उम्मेद्वार विद्या सक्षम, योग्य र प्राज्ञिक व्यक्ति भएकाले उहाँ महिलाहरुको धरोहरको रुपमा महिलाको हक, अधिकार सुरक्षित गर्नका लागि विद्यालाई जिताउनैपर्ने बताउनुभयो ।

    प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता तिलक महतले सच्चा राष्ट्रवादि शक्ति नेकपा भएको बताउँदै देशको सिमाना नेकपाबाहेक अन्य कुनै पनि शक्तिले नसक्ने भएकाले सीमाना रक्षाका लागि नेकपालाई जिताउनुपर्ने बताउनुभयो । छोरेपाटनमा आयोजित कोणसभामा कांग्रेससहित विभिन्न दलका ४५ भन्दा बढी व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् ।

    त्यस्तै पोखरा वडा नम्बर ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन समिति गठन भएको छ । नेकपा उम्मेद्वार विद्यालाई जिताउन राजकुमारी भुजेल ईञ्चार्ज र भक्त तामाङ संयोजक रहने गरी ५१ सदस्यीय समिति बनेको हो । समितिले आदिवासी जनजातिको हक, अधिकार रक्षाका लागि विद्यालाई जिताउन अपिल गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More