देउवाका आलोचक नेताको साझा बैठक देउवाका आलोचक नेताको साझा बैठक

  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक

सभापति देउवाद्वारा महाशिवरात्रीको शुभकामना

21 February, 2020 14:05 | राजनीति | comments | 21300 Views

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भगवान् शिवको आराधना गरेर मनाइने पर्व ‘महाशिवरात्री’का अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्वीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना दिनुभएको छ ।

उहाँले विज्ञप्तिमार्फत नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक भएको उल्लेख गर्दै प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।

सबै चाड–पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएका चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको सभापति देउवाले उल्लेख गर्नुभएको छ । नेपाली जनताको दशकौँ देखिको त्याग र बलिदान स्वरूप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौँ भने मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रूपान्तरण गर्न सकिने उहाँको भनाइ छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
देउवाका आलोचक नेताको साझा बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More