सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो

12 December, 2019 22:04 | राजनीति | comments | 60150 Views

सभामुख चयनका लागि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको रुचीसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख शिवमाया तुम्वाहाम्फेप्रति चासो दिनुभएको समाचार सार्वजनिक भएको छ ।

अहिलेसम्म भावी सभामुख चयनको विषयमा नेकपाभित्र दुई अध्यक्षका उम्मेदवार देखिए पनि तेस्रो उम्मेदवारप्रति राष्ट्रपतिको चासो रहेको समाचारले राजनीति तरंगित भएको छ ।

  

सभामुखका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङ र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेपछि राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फे रोजेको बताइएको छ ।

नेम्वाङ र सापकोटामध्ये एक सभामुख बन्ने अनुमान गरिएकोमा उपसभामुख शिवमायालाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको छ । संसदको हिउँदे अधिवेशन पुस ४ गते आव्हान गरिएको छ र यसको पहिलो कार्यसूची नै नयाँ सभामुख चयन रहेको छ ।

पछिल्लो समय नेकपाभित्रको शक्ति बाँडफाँडमा राष्ट्रपति भण्डारीले चासो राख्दै आएको भनेर आलोचना हुँदै आएका बखत सभामुखमा राष्ट्रपति भण्डारीले चासो राख्दै उपसभामुख तुम्बाहाङ्फेको नाम अगाडि सार्नुभएको राष्ट्रपति निकट मानिने नेकपा स्थायी कमिटीका एक सदस्यले बताएका छन् ।

तुम्बाहाङ्फेले पनि आफूले अवसर पाए सभामुखको दावेदारी नछाडेको बताउँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले भने अनुभवी, शालीन र समन्वयकारी भूमिका निभाउन सक्ने नेता भएको भन्दै नेम्वाङको नाम अगाडि सार्नुभएको छ । उता पार्टी एकतापूर्वको शक्ति बाँडफाडकै आधारमा सभामुख पद पूर्व माओवादी समूहले पाउनुपर्ने दाबी र अडानमा रहनुभएका दाहालले सापकोटालाई सभामुखका लागि अगाडि सार्नुभएको छ ।

त्यसो त सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यदि नेकपाले सभामुखको दाबेदारी गर्ने हो भने उपसभामुख तुम्बाहाङ्फेलाई पनि राजीनामा गराउनुपर्ने हुन्छ । किनकी एउटै पार्टीको तर्फबाट सभामुख र उपसभामुख बन्न पाइँदैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More