सभामुख निवासबाटै पक्राउ परे निर्वातमान सभामुख महरा

6 October, 2019 22:25 |राजनीति | comments | 5250 Views

    संसद सचिवालयको स्वास्थ्य इकाईक कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको छ । आइतबार विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि उहाँलाई पक्राउ गरिएको हो ।

    adsads

    आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाट महराकै मागअनुसार प्रहरीले उहाँलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए । सुरुमा प्रहरीले महरालाई भ्यानमा लैजान चाहेको थियो । त निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको भए पनि महरा आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा प्रहरीसंग जानुभएको थियो ।

    महरालाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ । महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका र बलात्कार प्रयास गरेको उनको दाबी छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!