सभामुख सापकोटाद्वारा प्रतिनिधिसभा बैठक कक्षको अवलोकन

2 March, 2021 23:45 | राजनीति | comments | 17400 Views

प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा जानकारी लिनुभएको छ । मंगलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारी, सभाकक्षको अवस्था लगायतका विषयमा आवश्यक जानकारी लिनुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ । सो अवसरमा सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताउनुभयो ।

  

सर्वोच्च अदालतको फैसलालाई जनप्रतिनिधिमूलक संस्थाको सर्वोच्च निकायको तर्फबाट खुशी र गौरवको विषय भन्दै उहाँले संसद् अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसुस भए पनि अहिले सबैमा उत्साह जागेको उल्लेख गर्नुभयो ।

सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, सङ्घीय संसद् सचिवालयका कर्मचारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म सङ्घीय संसद्का सबै सांसद तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारीसमेत गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More