समतामा मृत्यु प्रकरण : आफन्तले शव बुझ्न मानेनन् गौशाला वृत्तअघि प्रदर्शन

25 June, 2019 21:56 | जन सरोकार | comments | 11550 Views

यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् ।

तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशालाअगाडि प्रदर्शन गर्दै आएका छन् ।

adsads

असार २ गते बेलुकी निवासमा नगएपछि परिवारले उनको खोजी गरेका थिए । ३ गते अस्पतालमा झुण्डिएको अवस्थामा तामाङको शव फेला परेको थियो ।

तामाङका श्रीमान् बुद्धिराजले अस्पतालकी प्रशासन प्रमुख कला सञ्जेल, सोधपुछ कक्षकी सङ्गीता केसी र कार्यालय सहयोगी तीर्थकुमारी श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएपछि तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले राससलाई जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक जिल्ला सुनकोशी गाउँपालिका–३, कात्तिके देउराली स्थायी घर भएकी तामाङले दुई महीनादेखि अस्पतालमा काम गरेको तलब पाएकी थिइनन् । काम गरेको तलब पाएपछि अस्पताल छोड्छु भनेको प्रदर्शनमा उत्रिएका आफन्त देव लामाले सुनाउनुभयो ।

प्रदर्शनमा उत्रिएका केही आफन्तले भने तामाङको मिर्गौला झिकेर बेच्ने उद्देश्यले उनको हत्या गरिएको आरोप लगाएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समता अस्पतालमा मृत्यु प्रकरण : संचालक सञ्जेलकी पत्नीसहित तीनजना हिरासतमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!