समता अस्पतालमा मृत्यु प्रकरण : मृतकका आफन्तद्वारा प्रदर्शन, संचालक सञ्जेलकी पत्नीसहित तीनजना हिरासतमा

23 June, 2019 23:15 | जन सरोकार | comments | 11550 Views

काठमाडौँको बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारीको मृत्युपछि अनुसन्धानका लागि अस्पताल सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र सङ्गीता केसीलाई प्रहरीले हिरासतमा लिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुले दिएको जानकारी अनुसार उनीहरुलाई सोधपुछका लागि हिरातमा लिएको हो ।

adsads
रामेछापको दोरम्बा स्थायी घर भएकी तामाङ यही असार ३ गते अस्पताल परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

तामाङको गोजीमा तीर्थ र सङ्गीताको नाम लेखिएको कागज भेटिएको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले उनीहरुलाई हिरासतमा लिएको हो ।

यसैबीच तामाङको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तले न्यायको माग गर्दै आफन्तले आइतबार प्रदर्शन गरेका छन् ।

समता अस्पताल प्रकरण : दुई कर्मचारी प्रहरी नियन्त्रणमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!