युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मायुवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा

  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा
  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा
  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा
  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा
  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा
  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा

साग नजिकिदैंसंगै समयमै मैदान स्तरोन्नतिको काम सम्पन्न गर्न खेलकूदमन्त्रीको निर्देशन

22 August, 2019 10:00 |खेल | comments | 15000 Views

     

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा
    युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा बुधबार पोखरा महानगरपालिका–२५ हेमजास्थित विष्णुपादुका माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै – तस्वीर – कृष्ण दवाडी

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले कास्कीको हेम्जामा अवस्थित गौरीशङ्कर माध्यमिक विद्यालयको खेल मैदान स्तरोन्नतिका लागि मन्त्रालयबाट यस वर्ष पनि रु एक करोड बजेट विनियोजन गरिएको बताउनुभएको छ । पोखरा महानगरपालिका–२५ हेम्जामा अवस्थित विष्णुपादुका माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सवमा उहाँले समयमै मैदान स्तरोन्नतिको काम सम्पन्न गरेर आगामी साग खेलकूदमा फुटबल खेलको अभ्यास मैदान बनाउने योजना रहेको स्पष्ट पार्नुभयो ।

    adsads

    गत आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाखबाट मैदान स्तरोन्नतिको काम शुरु भएको थियो । गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले अहिले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने होडबाजी चलिरहेको उल्लेख गर्दै विद्यार्थी सङ्ख्या, आवश्यकता र औचित्यताका आधारमा प्राविधिक विषयका कक्षा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउँदै विद्यार्थीलाई विद्यालयमा टिकाउँदै उनीहरुलाई बजारमा बिकाउनेसम्मको जिम्मेवारी विद्यालयको रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा मन्त्री विश्वकर्माले विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो भने विद्यालयका सहयोगदातालाई सम्मान गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक रामकृष्ण अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    साग महिला फुटबलका लागि मैदान स्तरोन्नति गरिँदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!