समयमै विकास खर्च नगर्नु भ्रष्टाचार गर्ने मेसो : जनमत

8 April, 2015 18:49 | जन सरोकार , मुख्य समाचार | comments | 28800 Views

Currencyआर्थिक वर्ष २०७१।०७२ सकिन ३ महिना मात्र बाँकी छ । तर, विनियोजन गरिएको विकास खर्चको २५ प्रतिशत पनि खर्च हुन नसकेको अवस्था छ । बाँकी रहेको ३ महिनामा ७५ प्रतिशत रकम खर्च गर्ने प्रवृत्ति रहेका कारण समयमा विकास खर्च नगर्ने गरिएको पाइन्छ ।

यस्तोमा नेपाल जापान डटकमले “सरकारले विकास खर्च गर्न नसक्नुको कारण के होला” भनेर गरेको मत सर्वेक्षणमा ६२ प्रतिशतले भ्रष्टाचार गर्ने मेसोले गर्दा यस्तो भएको बताएका छन् ।

विकास निर्माणका लागि विनियोजन गरिएको रकमको ठूलो अंश अहिले राष्ट्रिय ढुकुटीमा ढुसी परेर बसेको छ भने संचालित आयोजनाहरुमा अनेक अबरोध सिर्जिएका छन् ।

  

जनताले मुलुकमा संविधान जारी नभए पनि विकास निर्माणको काम होला भन्ने आशा गरेका भए पनि त्यही विकास निर्माणको काम अलपत्र परेको छ । राजनीतिक–प्रशासनिक निकायमा रहेकाहरुमा जवाफदेहिताको कमीले गर्दा विकास निर्माणको काम अलपत्र पर्ने गरेको छ ।

नेपालमा चरम भ्रष्टाचार रहेको र त्यसमा पनि राजनीतिक तहको भ्रष्टाचार अत्यधिक रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको हरेक वर्षको प्रतिवेदनमा उल्लेख गर्दैआएको भए पनि यसमा सुधार हुन सकेको छैन ।

त्यसैले सही रुपमा काम भैरहेको ठाउँमा पनि भ्रष्टाचारको आशंका हुन्छ । जनता विकास हुन नसक्नु, समयमा बजेट खर्च नगर्नुलाई भ्रष्टाचार गर्ने मेसोकै रुपमा लिन्छन् ।

त्यस्तै विकास हुन नसक्नुमा काम गर्ने क्षमता नभएको मान्नेहरु पनि प्रशस्तै छन् । प्राप्त कूल मतको ७३ प्रतिशतले काम गर्ने क्षमता नभर विकास रकम खर्च हुन नसकेको बताएका छन् भने काम गर्ने ठाउँ नभएर भन्नेको संख्या जम्मा १ प्रतिशत रहेको छ ।

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वमा रहेका क्षमतावान व्यक्तिहरुले अवसर नपाउँदा पनि विकास खर्च हुन नसकेको हो । आम जनताले दिएको प्रतिक्रियाको सुनुवाई हुनसके पक्कै पनि देश विकासको गतिले फड्को मार्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More