समवेदना दिएर ओम अस्पताल मुक्त

17 June, 2019 13:00 |पत्रपत्रिका | comments | 24750 Views

    चार दिनअघि ओम अस्पतालमा पित्तथैलीको पत्थरीको उपचारका क्रममा मृत्यु भएकी महिलाको सहमतिपछि शव उठाइएको छ ।आइतबार पीडित पक्षलाई अस्पतालको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएको ओम अस्पतालले जनाएको छ ।

    adsads

    उक्त सहमतिपछि आफन्तले रामप्यारी थापाको शव बुझेका छन् ।अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा वार्ता भएको थियो । सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको ओम अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।

    पीडित पक्षले अस्पताल परिसरमा ४ दिनदेखि धर्ना दिँदा अरु बिरामीलाई समेत असर परेको भन्दै आइतबार प्रहरीले अस्पतालबाट लाश उठाएपछि धर्नामा बस्नेहरु तितरबितर भएका र वडा कार्यालयले वार्ता अस्पतालमा हैन प्रहरी प्रशासनमा गर्नुस् भनेर दुवै पक्षलाई सहजीकरण गरेका कारण वार्ता सफल भएको अस्पतालले जनाएको छ ।

    वार्ता टुंगिएलगत्तै रामप्यारीको हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको रामप्यारीका बैनी ज्वाइँ खड्ग श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । दैनिक धर्नाका विषयलाई लिएर स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले समेत अस्पताल प्रशासनको ध्यानाकर्षण गराएपछि सहमतिमा पुगेको बुझिएको छ ।

    आजको नेपाल समाचारपत्रमा खबर छ ।

    ओम अस्पतालको लापरवाही- पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएपछि रामप्यारीको मृत्यु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!