समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
कर्णाली प्रदेश सरकारको चालू आव २०७७/७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले वर्षेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत विनियोजन गर्ने बजेट रकम नौ जिल्लामा गए पनि चालू आवमा जुम्ला भने छुटेको थियो ।
मन्त्रालयले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

यही सवालमा रहेर राससले ‘प्रदेश सरकारको उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन’ भन्ने शीर्षकमा यही फागुन १२ गते समाचार लेखेको थियो । समाचार प्रकाशनपश्चात् एक हप्ताभित्र मन्त्रालयले जुम्लाका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत रु १४ लाख ८० हजार निकासा पठाएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले जानकारी दिनुभयो ।
छुटेको बजेट व्यवस्थापन गर्न असोज १६ गते नै सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लागत बजेट खर्चमा सामाजिक विकास कार्यालय जुम्लाको छात्रवृत्तितर्फको बजेट विनियोजन नभएको व्यहोरा जानकारी गराउँदै सो बजेटको व्यवस्था गरी प्रादेशिक मन्त्रालय गत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउन कार्यालय प्रमुख सुनारले मन्त्रालयलाई सम्बोधनको पत्राचार गर्नुभएको थियो ।
बजेटका सन्दर्भमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जुम्लाको छात्रवृत्तिका लागि रकमान्तरको फाइल आर्थिक मामिला मन्त्रालयले दिँदा पनि उक्त फाइल च्यापिराखेको भन्दै सामाजिक विकास मन्त्रालयले जतिभन्दा पनि आर्थिक मामिला मन्त्रालयले सुनुवाइ नगरेको बताउनुभएको थियो । कार्यालय प्रमुख सुनारले भने मन्त्रालयलाई पत्राचार गर्नाका साथै बेलाबेलामा मौखिकरूपले पनि घच्घच्याई रहनुभएको थियो तथापि त्यसको सहज सुनुवाइ भएको थिएन ।
सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले छात्रवृत्तिको बजेट नपर्नुमा जुम्ला सामाजिक विकास कार्यालयको कमजोरी भएको दोषारोपण गर्नुभएको थियो । उच्च शिक्षा छात्रवृत्तिको बजेट जुम्लाका लागि सम्बोधन हुन्छ कि हुँदैन भन्ने राससको प्रश्नमा सचिव पौड्यालले आगामी आर्थिक वर्षमा मात्र बजेट जाने जवाफ दिनुभएको थियो । अन्ततः जुम्लाका लागि बजेट छिटो निकासा हुँदा ठूलो राहत पुगेको कार्यालय प्रमुख सुनारले जनाउनुभयो ।
सामाजिक विकास कार्यालय जुम्लाका अनुसार प्राप्त बजेटमा उच्च शिक्षा छात्रवृत्ति छोरीबुहारीतर्फ रु एक लाख नबढाई १०, दलित र अपाङ्गतर्फका छात्रवृत्तिमा प्रतिव्यक्ति रु २४ हजारका दरले १०/१० जना गरी कूल जम्मा ३० जनालाई उपलब्ध गराइने र त्यसका लागि विद्यार्थीको आवेदन लिने काम शुरु भएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- सुदूरपश्चिम प्रदेश उच्च जोखिममा, भारतबाट फर्कने १० प्रतिशत संक्रमित
- आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
- आइतबार थप तीनसय ६७ मा कोभिड–१९
- सीमा नाकामा संक्रमण रोकथामको प्रभावकारी सयन्त्र नहुँदा बढ्दो जोखिम
- शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो
- महामारीबीच वसन्त यामको हिमाल आरोहण : व्यवसायी उत्साहित
- उकालो लाग्यो कोरोनाको ग्राफ- छैन मापदण्ड पालना
- आयोजना खुलेको तीन दशक पुग्नलाग्दा पनि भएन वाग्मती ढलमुक्त
- महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह
- नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ
- ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
- विधिको पालना र छलफलले मात्र पार्टीमा निकास निस्किन्छ : नेता नेपाल
- के हुँदैछ भारतमा ? एकै दिन एक लाख ५३ हजार सङ्क्रमित
- गल्ति उनका न मेरा समयको खेल थियो हजुर
- नयाँ वर्षका दिन चार सय ५२ जनालाई विभूषित गरिँदै
- बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते
- बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
- सुनचाँदी लुटेपछि आधारातमा व्यवसायीको गोली हानी हत्या, दुईजना पक्राउ
- आज घोडेजात्रा, यस्तो छ मनाउनुको कारण र इतिहास
- गर्मी बढ्यो, कोरोनासंगै अन्य संक्रामक रोगको जोखिम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


