समाचार प्रभाव : तीन दशकदेखि साङ्लोले बाँधेर राखिएको पुरुषको उद्धार
तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक बनाइएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका मानसिक सन्तुलन गुमेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ । यही मङ्सिर १५ गते सोमबार राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशित ‘तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक’ समाचारपश्चात मानवसेवा आश्रम लमजुङले बिहीबार उक्त स्थानमा पुगी उनको उद्धार गरेको हो ।
सोही वडाका वडाध्यक्ष खेमबहादुर गुरुङ, स्थानीयवासी र परिवारको रोहवरमा आश्रमका संयोजक अनिता अधिकारी, प्रहरी, सञ्चारकर्मीलगायत त्यहाँ पुगेका टोलीले उद्धार गरेको हो । आश्रमका संयोजक अधिकारीले भन्नुभयो, “राससमा जिल्ला प्रतिनिधि जनक श्रेष्ठले उहाँका बारेमा लेख्नुभएको समाचार पढ्यौँ, थाहा पायौँ अनि आश्रमले उद्धार गर्नुपर्छ भन्ने लागेर उद्धार गरेका हौँ ।”


बेवारिसे सडक मानव उद्धार गर्ने गरे पनि बेलाबखत यस्ता दयनीय अवस्थामा रहेका व्यक्तिको समेत उद्धार गर्ने गरेको उहाँको भनाइ छ । उहाँको जीवन परिवर्तन गर्नका लागि आश्रममा ल्याइएको र मान्छे भएर मान्छेकै भेषमा पशुतुल्य जीवन बिताउँदै आएका कारणले आश्रमले उद्धार गरेको जनाइएको छ ।
मानसिक सन्तुलन गुमेका गुरुङका ठूलो दाई बेनीराम गुरुङले भाइको बारेमा समाचार प्रकाशित गरेकामा रासस टिम र उद्धार गरेकामा आश्रमलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई धेरै दुःख थियो, कताबाट सहयोग होला र भाइको उद्धार तथा उपचार होला भन्दै बसेका थियौँ तर अहिले उद्धार भएकाले भगवान्ले आशीर्वाद दिएजस्तो लागेको छ ।”
गुरुङको १८ वर्षको उमेरमा मानसिक सन्तुलन गुमेयता परिवारले घरकै कोठामा फलामको साङ्लोले बाँधेर कोठामै बन्धक बनाउँदै आएको थियो । गुरुङलाई यतिकै छोड्दा जता पायो त्यतै जाने, जो भेट्यो उसलाई हिर्काउने, पिट्ने तथा घरका सामान फाल्ने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्ने गरेको परिवारले जनाएको छ । गुरुङका बुबाआमाको मृत्यु भएपछि ठूलो दाइ बेनीराम र भाउजुु दबलकुमारी गुरुङले हेरचाह गर्दै आउनुभएको थियो । कष्टकर जीवन बिताउँदै आउनुभएका गुरुङको आश्रमले उद्धार गरेपछि परिवारसमेत खुशी भएको छ ।
बेँसीशहर नगरपालिका–७ हाइस्कूलचोकमा विसं २०७३ चैत १२ गते एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएको छ । हाल आश्रममा उद्धार गरिएका गुरुङसहित २५ जना छन् । यस आश्रमले आगामी पुस महिनाभित्रमा जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने लक्ष्य राखेको छ ।
इमानसिंह गुरुङ– जसलाई तीस वर्षदेखि साङ्लोले बाँधेर राखिएको छ
तपाईंको प्रतिकृया
ताजा समाचार
- भोलदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
- अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- हत्याको आशंकामा आर्यघाटबाट जल्दै गरेको शव प्रहरीद्वारा बरामद
- प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
- हिमालमा हिउँ टल्कनै छाडेपछि हराउँदै सौन्दर्य
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


