समाजवादी पार्टीले संविधान दिवस नमनाउने बिरोध पनि नगर्ने

16 September, 2019 19:00 | राजनीति | comments | 8400 Views

असोज ३ गते सरकारले राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाउन आम आग्रह गरेको भए पनि मधेश केन्द्रित दलहरुले यसलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेका छन् भने नवगठित सत्तारुढ समाजवादी पार्टीले भने संविधानको बिरोध पनि नगर्ने र उत्सव पनि नमाउने भएको छ ।

नयाँ संविधान जारी भएको दिन दिपावली नगर्ने भएको छ ।

ads ads
साथै कोलो दिवसका रुपमा पनि नमनाउने भन्दै उसले दुबै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

सरकारले ३ असोजलाई भब्य रुपमा मनाउने बताएको छ र, नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दिपावली गर्न अपील गरेको छ । तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले भने संविधान त्रुटीपूर्ण रहेको भन्दै दिवापली नगर्ने निर्णय गरेको छ ।

संविधान दिवसका दिन पार्टीले सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिनुभएको छ ।

संविधान दिवस टुँडिखेलमा (फाेटाे/भिडियो )

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More