समावेशी नेपालको गज्जबको प्रयोग- अब ज्वाईलाई पनि नागरिकता

13 September, 2019 15:50 |राजनीति | comments | 4200 Views

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमाथि चर्को रस्साकस्सी छ र वंशज तथा अंगीकृत नागरिकताका सवालमा भिन्न मत आइरहेका छन् । तर अब भने समावेशी सिद्धान्तको गज्जबको प्रयोग गर्दै बुहारीसंगै ज्वाईलाई पनि नागरिकता दिने प्रावधानसहितको प्रस्ताव तयार भएको छ ।

    adsads

    विदेशबाट विवाह गरेर ल्याइएकीलाई नागरिकता दिन त्यति समस्या नहुने र यो पहिलेदेखि नै चलनचल्तीमा रहेको भए पनि विदेशी ज्वाईलाई भने कसरी नागरिकता दिने भन्ने प्रश्न खडा भएको छ । यसबीचमा सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले र नेपाली महिलासंग विवाह गर्ने विदेशी परुषले नागरिकता पाउने प्रावधानको नयाँ प्रस्तावा तयार गरेको छ ।

    यसअघि नेपालीसंग विवाह गर्ने विदेशी महिलाले तत्कालै नागरिकता लिइराखेको अवस्थामा अब महिला र पुरुष दुबैले तत्काल नागरिकता पाउने छैनन् । प्रस्तावमा सुरुमा महिलाले वैवाहिक नेपाली परिचयपत्र पाउनेछन् र बिहे गरेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता पाइनेछ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ ।

    सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयकमा हाल नेपाली पुरुषसँग बिहे गर्ने महिलाले वैवाहिक अंगीकृत नागरिकता पाउनेछन् । व्यवस्था छ तर नेपाली नागरिकता लिएको ६ महिनाभित्र अन्य देशको नागरिकता त्याग्नुपर्ने व्यवस्था थियो ।

    त्यसै गरी प्रस्ताव हुबहु पास भएर कानून बनेमा विदेशी ज्वाइँलाई पनि नेपाली नागरिकता दिने बाटो खुल्नेछ । हाल विदेशी ज्वाइँलाई नागरिकता दिने व्यवस्था छैन । १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेकाहरुले बसोबासका आधारमा नागरिकता पाउन सक्छन् ।

    तर, समितिमा सांसदहरुले महिला र पुरुषबीच विभेद गर्न नहुने आवाज उठाएपछि नेपाली महिला नागरिकहसँग बिहे गरी १५ वर्षसम्म नेपालमा बसोबास गरे विदेशी ज्वाइँलाई नेपाली नागरिकता दिन सकिने प्रस्ताव आएको छ । जसमा नेपाली महिला नागरिकसँग बिहे गरी कम्तीमा १५ वर्षसम्म नेपालमा बसोबास गरेको विदेशी पुरुषलाई नागरिकता दिने उल्लेख छ ।

    साथै अरू मुलुकको नागरिकता वा त्यो सरहको राष्ट्रियता जनाउने परिचयपत्र लिएको भए त्याग्नुपर्ने, असल चालचलन हुनुपर्ने र नेपाल वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जान्ने हुनुपर्ने पनि प्रस्तावमा उल्लेख छ ।

    अहिले नेपालको मूल समस्या भनेको दोहोरो नागरिकता हो । तराईमा भित्रिएका नवनेपालीहरुको दोहोरो नागरिकता छ । सो कुरा गृहमन्त्री रामबहादुर थापाले पनि स्वीकार्नुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे आयोजना गरेको छलफलमा बोल्दै उहाँले दोहोरो नागरिकता समस्याले देशको विकासमा समेत असर गरेको बताउँदै यसै समस्याको समाधानका लागि नागरिकता विधेयक ल्याइएको बताउनुभयो ।

    नागरिकता विधेयकबारे उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो भारतसँगको खुला सीमानाका कारण दोहोरो नागरिकता समस्या आएको छ । यो समस्याले देशको विकासमा असर पारेकाले समाधानका लागि विधेयक ल्याइएको हो । समिति सदस्यहरूले भारतमा ७ वर्ष बसेपछि नागरिकता पाउने व्यवस्था भए पनि नेपालमा आउनेबित्तिकै दिने असमान व्यवस्था राखिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

    नागरिकता विधेयकमा नयाँ विवाद :  पतिको नाम राख्ने हो भने पत्नीको पनि राखौं

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेकपाको चियापानमा ५० हजारलाई निम्तो

    फेसबुक

    नेकपाको चियापानमा ५० हजारलाई निम्तो

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!