समुद्री तुफानका कारण दुईजनाको मृत्यु ५८ जना घाइते टोकियो आसपास भीषण गर्मी

10 September, 2019 00:04 |जापान | comments | 6750 Views

    जापानको राजधानी टोकियो महानगर क्षेत्रहुँदै गएको चक्रवाती समुद्री आँधी फाक्साइका कारण दुईजनाको मृत्युभएको छ भने ५८ जना घाइते भएका छन् । तुफानका कारण पूर्वी र पश्चिम जापानका अधिकांश क्षेत्रमा गर्मी बढेको छ ।

    adsads

    मौसम अधिकारीका अनुसार तुफानसंगै आएको तातो हावाले तापक्रम र मौसमलाई अस्थिर बनाएको छ । तुफानले लाखौं घर विद्युत बिच्छेद भएको छ । तुफानका कारण रmे यातायात अबरुद्ध भयो भने बुलेट ट्रेनले समेत सेवा स्थगित गरेका थिए । त्यस्तै १६० भन्दा बढी आन्तरिक उडान समेत रद्ध भएको थियो ।

    यसै गरी तुफानसंगै आएको तातो हावाका कारण सोमबार दिउँसो साँढे एकबजेसम्म मिश्र प्रान्तको कुवाना शहरमा ३७.९ डिग्री र गिफुको मिनो शहरमा ३७.२ डिग्री तापक्रम पुगेको थियो । त्यस्तै टोकियोको नेरिमा वार्डको तापक्रम ३७ र क्योटोको ३६.८ डिग्री मापन गरिएको छ ।

    अधिकारीहरुले सर्वसाधाणलाई गर्मीबाट बच्न एयर कण्डिशनरको उपयोग तथा नियमित रुपमा पानी पिउने सल्लाह दिएका छन् ।

    तुफान फाक्साइले टाकियो र आसपासका क्षेत्रमा केही कम्पनीको कारोबार अबरुद्ध भएको छ । विद्युत अबरुद्ध भएका कारण सोनीले चिबा प्रान्तस्थित आफ्नो कारखानाको काम सोमबार विहान स्थगित गरेको थियो । यो कारखानामा प्लेस्टेशन ४ भिडियो गेमको कन्सोल निर्माण हुन्छ । त्यसै गरी निसान मोटरले कानागावा प्रान्तमा योकोसुका शहरस्थित आफ्नो कारखानाको काम रोखेको छ । सो कारखानामा बाढी पसेको छ ।

    यसबीच टोकिया

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!