समृद्धिका लागि विद्याको जीत आवश्यक : पूर्व मन्त्री अधिकारी

13 November, 2019 18:21 |राजनीति | comments | 6450 Views

    पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी गण्डकी प्रदेशका सह ईन्चार्ज खगराज अधिकारीले मुलुकको समृद्धिका लागि नेकपा कास्की २ की उम्मेदवार विद्या भटटराईको जीत आवश्यक भएको बताउनुभएको छ । बुधबार कास्की क्षेत्र नं २ नेकपाको उम्मेदवार सहितको घरदैलो कार्यक्रम अन्तर्गत पोखरा ९ स्थित साँघुमुखमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता अधिकारीले सो कुरा बताउनुभएको हो ।

    adsads

    उहाँले त्यस क्रममा सम्पूर्ण श्रमजीवि र भूमिहिनहरुलाई समेटेर अघि बढ्ने नेकपा बाहेक विकल्प नभएको दावी गर्दै नेकपा भूमिहीनहरु र आम श्रमजीवीको पार्टी भएको र एक वर्ष भित्र सबै भूमिहिनहरुले भूमिको स्वामित्व प्राप्त गर्ने बताउँदै अधिकारीले समृद्धिको लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील समेत गर्नुभयो ।

    कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जीतको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुरोध गर्नुभयो । यसअघि उम्मेद्वार विद्या भट्टराईले शहीद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी घरदैलो सुरु गर्नुभएको छ माल्यार्पणपछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाउँदै लहर ल्याउँदै गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने बताउँदै उहाँले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आफू उम्मेद्वार बनेर आएको बताउनुभयो ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराउनुभएको थियो । उक्त टोलमा स्थानीय लक्ष्मी परियारको संयोजकत्वमा ५१ सदस्यीय अमिनतारा टोल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More