समृद्ध नेपाल निर्माणमा योगदान गर्ने प्रतिबद्धता (भिडियोसहित)
गैरआवासीय नेपाली संघको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन सिङ्गो एनआरएन एकताबद्ध ढङ्गले लागी पर्ने बताउनुभयो ।
उहाँले समृद्ध नेपाल निर्माणका लागि एनआरएनएले घोषणा गरेको कम्तिमा पनि रु १० खर्ब लगानी भित्र्याउन लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाल सरकार र नेपाली जनताले हामी (एनआरएन)बाट निकै ठूलो आशा र अपेक्षा गरेको मैले राम्रोसँग महसुस गरेको छु हामीले भर्खर सरकारसँग कमसेकम पनि रु १० अर्ब लगानी भित्र्याउछौँ भनेका छौँ, त्यसका निम्ति म प्रतिबद्ध छु र निरन्तर लाग्नेछु,” उहाँले भन्नुभयो ।
निर्वाचनका दौरानमा जेजस्ता गतिविधि र परिणाम आए पनि सबै पक्षलाई समेटी एकताबद्ध बनाएर लैजाने बताउँदै अध्यक्ष पन्तले निर्वाचन घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रण गर्नुभयो ।
एनआरएनमा आवद्ध सदस्यलाई निःशूल्क बनाउने तथा प्रतिनिधिका नाममा संस्थालाई साँघुरो हैन सबै सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने उहाँको भनाइ छ । करीब ८० लाख एनआरएनमध्ये झण्डै ४० लाख विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक मजदुर रहेको भन्दै अध्यक्ष पन्तले उनीहरुको हक, हित तथा सेवा सुविधालगायत सबै विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
संघका नवनिर्वाचित महासचिव डा हेमराज शर्माले एनआरएनलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने उल्लेख गर्नुभयो ।
एनआरएनका महिला उपाध्यक्ष रविना थापाले आफ्नो जीत सम्पूर्ण एनआरएनको जीत भएको उल्लेख गर्दै सम्पूर्ण नेपाललाई जोड्न संस्थाले खेलिरहेको भूमिकालाई भविष्यमा थप बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । संस्थामा अहिले महिला सहभागिता अत्यन्त न्यून रहेकाले महिला सहभागिता वृद्धिका लागि सक्दो पहल गर्ने बताउनुभयो ।
नवनिर्वाचित उपाध्यक्ष मन केसीले एनआरएनको विगतमा भएका कमीकमजोरीको सुदृढीकरण गर्दै विगतमा गरिएका प्रतिबद्धताको समीक्षा गर्दै आगामी रणनीति तयार गर्ने बताउनुभयो । एनआरएन महिला संयोजक शोभादेवी लिम्बूले पदीय जिम्मेवारी बढेको र महिला हक अधिकारको क्षेत्रमा सक्रिय भएर लाग्ने बताउनुभयो । एनआरएनको नवनिर्वाचित नेतृत्वले आजैदेखि पदभारग्रहण गरेको छ ।
नेपाल भ्रमण वर्षको सँघारमा भएको एनआरएनको नयाँ नेतृत्वका अवसर र चुनौती दुवै छन् । विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकको निरन्तर बढोत्तरी तथा पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी भित्र्याउने उपयुक्त अवसर पनि बन्ने विश्वास लिइएको छ । नेपालको कूटनीतिक सम्बन्ध नभएका मुलुकका समेत एनआरएनएको बलियो उपस्थिति रहेकाले नेपालको उचित प्रवद्र्धन गरी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नसक्ने सरकारले पनि विश्वास लिएको छ ।
सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी थिए । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म भएको सम्मेलनमा नेपालमा आर्थिक लगानीको सम्भाब्यता, लगानी भित्र्याउने वातावरण निर्माण तथा सङ्गठन सुदृढीकरण आदि विषयमा छलफल भएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि
- दुई दिन सकस त्यसपछि यस्तो खुसी ल्यायो हिउँले
- ‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप
- जब शिक्षा सचिवले “हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी ?” भनेर सोधे
- सडक दुर्घटना न्यून गर्न प्रधानमन्त्री ओलीको यस्तो निर्देशन
- बस दुर्घटना एकै गाउँका १७ जनाको मृत्युपछि गाउँ शोक र चिन्तामा
- बाबुको कुटाइबाट छोरा जोगाउँदा आमाको भयो गम्भीर अवस्था
- ७७ किलोमिटर द्रुतमार्गमा ३८ हजार रुखमध्ये २७ हजार काटियो
- अमेरिकाले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने
- नेपाल विशेष सेवाको गठन भए मौलिक हक हनन् हुने
- कस्तो नेतृत्व चाहन्छन मन्त्री भट्टराई थापा र मिश्र ?
- दुई कलाकारको निधन : प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
- ह्वाइटहाउस अगाडि नेपालीले लगाए नारा ‘गो ब्याक इण्डिया’
- जनकपुरमा बम, रातभर प्रहरीलाई तनाव
- देशभर चिसो बढ्यो, जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री
- भयावह बन्दै सडक यातायात- एक महिनामा दुई सय ३० जनाको मृत्यु
- प्रतिष्ठान र प्रदेश अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
- एनसेलको कर छुट खरीदमा अर्बौं रकम अप्रत्यासित वृद्धि
- सिनओकुबोमा खुल्यो जेएमईको नयाँ शाखा
- आजको राशिफल– २०७६ मंसिर ३० गते सोमबार
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


