सम्बन्ध बिच्छेदका कारण ज्वाईले सामूहिक हत्या गरेको प्रारम्भिक निष्कर्ष

21 May, 2019 21:01 | जन सरोकार | comments | 37800 Views

सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्याको अनुसन्धान काठमाडौंबाट सिआईबीले र धरानबाट गएको तालिमप्राप्त कुकुरसहितको विशेष टोलीले गरिरहेको छ । सो हत्यामा मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

adsads

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुरको श्रीमतीसंग राम्रो सम्बन्ध नभएको र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढिरहेको र यसै कारणबाट उनले हत्या गरेको हुनसक्ने अनुमान छ ।

मानबहादुर घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । एक प्रहरी अधिकारीका अनुसार ‘मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती माइतीमा बस्दै आएकी थिइन् । सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो ।

उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोँकमा उनले सबैको हत्या गरेका हुनसक्ने अनुमान छ ।

काठमाडौंबाट सिआईबी र धरानबाट कुकरसहितको विशेष टोली पाँचथरतर्फ

घटनास्थलमा कुनै पनि हतियार फेला परेको छैन । हत्या गरिएका परिवार र रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सामान्य परिवारका व्यक्ति थिए । घटना मध्यरातमा भएको हुनसक्ने बताइएको छ ।

हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिनुभएको छ ।

पाँचथरको मिक्लाजुङमा दुई परिवारका नौ जनाको विभत्स हत्या

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!