सम्राट अकिहितोद्वारा गद्दीत्याग- नयाँ युगलाई सफलताको शुभकामना !

30 April, 2019 18:14 | जापान | comments | 135300 Views

विश्वको सबैभन्दा पुरानो राजसंस्थामध्येमा पर्ने जापानी सम्राट आकिहितोले राजगद्दी परित्याग गरेको घोषणा गर्नुभएको छ । दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गर्नुभएको हो ।

adsads

मङ्गलवार जापानी समयानुसार अपराह्ण पाँच बजे सुरु भएको एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गर्नुभएको हो । सो समारोहअघि टोक्योस्थित राजभवनमा गद्दी त्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो ।

गद्दी त्यागको घोषणा गर्दै सम्राटका रुपमा आफ्नो अन्तिम भाषणमा सम्राट आकिहितोले जापान तथा विश्वमा शान्ति र समृद्धि होओस् भन्ने कामना गर्दै
मलाई प्रतीकका रूपमा स्वीकार र समर्थन गरेकोमा म जनताप्रति धेरै कृतज्ञ छु भन्नुभयो ।

उहाँले भन्नुभयो साम्राज्ञीसहित म हृदयदेखि नै रेवा युग शान्त तथा फलदायी होस् भन्ने कामना गर्छु । अनि म हाम्रो देश तथा विश्वका जनताको कल्याण र सुखका लागि प्रार्थना गर्छु । जपानमा सम्राट फेरिपछि युगको नाम पनि फेर्ने परम्परा छ ।

राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए । वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि गद्दी त्याग्ने वैधानिक अनुमति पाउनुभएको थियो ।

त्यसो त आज मध्यरातसम्म पदत्याग गरे पनि आकिहितो सम्राट नै रहनुहुनेछ । बुधवार बिहान युवराज नारुहितोले राजसिंहासन सम्हाल्नुहुनेछ । जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार तर उहाँलाई राष्ट्रिय प्रतीकका रूपमा लिइन्छ ।

आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्ष अघि नै बताउनुभएको थियो । सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने उनी पहिलो सम्राट हुनुहुन्छ । जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन पारित गरेको थियो ।

बुधबार विहानबाट जापानको नयाँ युग सुरु हुनेछ भने सम्राट आकिहितोका छोरा नारुहितो जापानका १२६ औँ सम्राट बन्नुहुनेछ । उहाँ गद्दीनसीन भएपछि जापान राइवा युगमा प्रवेश गर्नेछ र सन् १९८९ देखि सुरु भएको सम्राट आकिहितोको शासनकालको हाइसाई युगको अन्त्य हुनेछ ।

जापानका सम्राट अकिहितोले दिए अन्तिम सम्बोधन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More