सम्राट नारुहितो र रोमन कैथोलिक चर्च प्रमुख पोप फ्रान्सिसबीच भेटवार्ता

26 November, 2019 16:36 |जापान | comments | 6150 Views

    जापानी सम्राट नारुहितोले रोमन कैथोलिक चर्चका प्रमुख पोप फ्रान्सिससंग भेट गर्नुभएको छ । जापान भ्रमणमा रहनुभएका पोप फ्रान्सिसंग सम्राटको भेट पहिलो हो ।

    adsads

    सोमबार राजप्रासादमा उहाँहरुबीच भेटवार्ता भएको हो । यसअघि सम्राट नारुहितो विद्यार्थी छँदा बेलायतमा सन् १९८४ मा पोप जोन पाल द्वितीयसंग भेटिकनमा भेट गर्नुभएको थियो । सम्राट र पोपबीचको भेट भेट करीब २० मिटेनसम्म भएको थियो ।

    यसअघि पोप फ्रान्सिसले २०११ मा फुकुसिमा परमाणु दुर्घटनाका प्रभावितहरुसंग भेट गर्नुभएको थियो । त्यसक्रममा उहाँले भावी पीढिका लागि आफ्नो जिम्मेवारीको अनुभूति गर्न आग्रह गनर््भएको थियो । त्यस्तै सोमबार नै उहाँले टोकियोमा ३०० जना भूकम्प प्रभावितहरुको एक सभामा भाग लिनुभयो ।

    त्यस क्रममाा भूकम्प प्रभावितहरुले पनि सम्बोधन गरेका थिए भने पोपले दुर्घटनाकाा पीडित र उनका परिवारका लागि प्रार्थना गर्नुभएको थियो । पोपले प्रभावित क्षेत्रको सहायताका र प्रार्थना समयको प्रवाहसंगै हराउन नहुने बताउँदै यस्तो विपत्तिबाट उकासिन धेरै समय लाग्छ त्यसकारण एक आपसमा मद्दत गर्ने भावना कायम राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    पोपले परमाणु दुर्घटनाबाट सम्बन्धित वैज्ञानिक र चिकित्सकीय चिन्तालाई मध्यनजर गर्दै जापानमाथि सामाजिक व्यवस्था कायम राख्ने ठूलो जिम्मेवारी रहेको छ । फुकुसिमा दुर्घटनाबाट छुटकारा पाउन तबसम्म सकिंदैन जबसम्म स्थानीय समुदायबीच सामाजिक सम्बन्ध पुनःस्थापित हुँदैन । त्यसकारण आम जनताले आआफ्नो स्वार्थपूर्ण निर्णय लिने हैन कि भावी पीढिका लागि पनि आफ्नो जिम्मेवारी छ भन्ने बुझ्नुपर्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More