सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : वरिष्ठ नेता पौडेल

25 May, 2019 10:15 | राजनीति | comments | 9750 Views

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । जिल्लाको मेलौलीमा शुक्रबार ‘द्वारिकादेवी ठकुरानी’ नामक पुस्तकको विमोचन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताए ।

adsads

“दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन”, उनले भने, “सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।” दुई तिहाइको सरकार हुँदासमेत जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको आरोप थियो । उनले सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको टिप्पणी गरे । काङ्ग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने वरिष्ठ नेता पौडेलले बताउनुभयो । अहिले सरकारले कार्यकर्तामुखी बजेट बनाइरहेको उनले उल्लेख गरे ।

जागरण भेलालाई केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री तारणीदत्त चटौत, सांसद रामबहादर विष्ट, प्रदेशसभा सदस्य भरत खड्का, महासमिति सदस्यद्वय चतुरबहादुर चन्द र कमल शाह, पूर्वमन्त्री नरबहादुर चन्द, बैतडी पूर्व पार्टी सभापति नरेन्द्र थापालगायतले सम्बोधन गरेका थिए ।

गगन रामचन्द्रको एउटै बोली- सरकारले जनतालाई सन्तुष्ट पार्न सकेन

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!