मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

  • मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो
  • मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो
  • मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो
  • मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो
  • मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

सरकारले फिर्ता लग्यो राष्ट्रियसभाबाट गुठी विधेयक

25 June, 2019 20:11 | राजनीति | comments | 25050 Views

गत वैशाख १७ गते सरकारले राष्ट्रिय सभामाा पेश गरेको गुठी विधेयक फिर्ता लिएको छ । गुठी विधेयकका प्रावधानलाई लिएर काठमाडौंमा आन्दोलन उग्र बनेपछि असार ३ गते सरकारद्वारा विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार मंगलबारको राष्ट्रियसभा बैठकमा विधेयक फिर्ता लिने भूमिसुधार मन्त्री पद्मा अर्यालको प्रस्ताव पास भएको हो ।

सरकारले बैशाख १७ गते विधेयक राष्ट्रियसभामा दर्ता गरेपछि बैशाख १९ गते विधेयक सांसदहरूलाई वितरण गरीपछि जेठ ६ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

  

जेठ १३ गते विधेयकमाथि राष्ट्रियसभा बैठकमा सामान्य छलफल सुरु भएपछि जेठ १९ गते गुठी संरक्षण पुचःद्वारा विधेयक सम्पदा विरोधी भएको भन्दै यसमाथि पुनर्विचार गर्न माग गर्यो जेठ २८ गते विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भयो । सो प्रदशृनमा प्रहरीद्वारा व्यापक दमन भएपछि गुठियारहरु आक्रोशित बने ।

त्यसपछि प्रदर्शन काठमाडौं हुँदै ललितपुर र भक्तपुर सरेको थियो । संसदमा पनि यस विषयमा चर्को आवाज उठेपछि असार २ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बालुवाटारमा काठमाडौं उपत्यकाबाट निर्वाचित नेकपासम्बद्ध सांसदहरूसँग छलफल गर्नुभएको थियो । असार ३ गते मन्त्री अर्यालले पत्रकार सम्मेलन गरी विधेयक फिता लिने घोषणा गर्नुभएको थियो ।

आन्दोलनकारीको एउटै माग गुठी विधेयक खारेज नै गर्नुपर्छ (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More