सरकारले फेरि भन्यो- लक डाउनभरि पैसा नतिरे पनि इन्टरनेट लाइन नकाट्नु

17 April, 2020 20:20 | सूचना/प्रविधि | comments | 66450 Views

पहिलोपटक लकडाउनको घोषणा लगत्तै सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पैसा नतिरे पनि ग्राहकको लाइन नकाट्न निर्देशन दिए पनि हाल धमाधम लाइन काट्न थालेपछि सरकारले इन्टरनेट ग्राहकको लाइन नकाट्न पुनः निर्देशन दिएको छ ।

कोरोना भाईरसको सम्भावित संक्रमण फैलिन नदिन तथा महामारी रोकथामको लागि सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्नेमा केही इन्टरनेट सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेकाको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेको पछि सरकारले सो निर्देशन दिएको हो ।

  

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ । यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणल सेवा प्रदायकलाई निर्देशन दिएको एक सूचना जारी गरेर जानकारी दिइएको छ ।

पछिल्लो दिनमा इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ । यस्तो समयमा शुल्क नउठ्दा भारतबाट इन्टरनेट खरिद गरेर ल्याएको शुलक तिर्न समस्या भएको गुनासो सेवा प्रदायकहरुले गर्दै आएका छन् । तर, उपभोक्ता भने घरभित्रै थुनिएकाले सेवा शुल्क भुक्तानीमा समस्या भोगिरहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More