सरकारले सत्ता सञ्चालनको सामान्य मर्यादासमेत ख्याल गरेन- डा. भट्टराई

14 November, 2019 18:22 |राजनीति | comments | 5850 Views

    पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकार निरन्तर असफल हुँदै गएको आरोप लगाउँदै सरकारले सत्ता संचालनको सामान्य मर्यादा समेत ख्याल नगरेको बताउनुभएको छ । बिहिबार पार्टीको बैठकमा राजनीतिक प्रतिवदेन पेश गर्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

    adsads

    त्यसै गरी बैठमा उहाँले सरकार छाड्ने वा नछाड्ने विवाद सल्ट्याउन मध्यमार्गी बाटो सुन सुझाउनुभएको छ । सरकारमा सहभागी संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीच एकतापछि सरकारमा बसिरहने कि बाहिरिने भन्ने लामो समयदेखिको विवाद छ । पार्टी एकतापछि सरकार छाड्नुपर्ने मत राख्दै आउनुभएका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच सरकारबाट बाहिरिने कि बसिरहने भन्ने विवाद चलिरहेका बेला बिहिबार डा. भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको हो ।

    पार्टीको पहिलो संघीय परिषद् बैठकमा डा. भट्टराईले मध्यमार्गी प्रस्ताव पेश गर्नुभएको हो । उहाँको राजनीतिक प्रस्तावमा सरकार र सरकार सम्वद्ध पाटीसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छाड्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्नुपर्ने उल्लेख छ । यद्यपि उहाँले संघीय सरकारमा पार्टीको सहभागिताबारे गम्भीर समीक्षा गर्न जरुरी रहेको पनि बताउनुभएको छ ।

    भट्टराईले राजनीतिक प्रतिवेदनमा भन्नुभएको छ ‘महत्वपूर्ण निर्णय लिँदा सत्ता साझेदार दलसँग सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादासमेत ख्याल गरिरहेको छैन । जनअपेक्षा अनुरुप कार्य गर्न असफल हुनुका साथै आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको यो सरकारले न राजनीतिक समस्या हल गर्नतिर ध्यान दियो न आर्थिक विकासको कुनै मोडेल तयार गर्न सक्यो न सुशासन दिन सक्यो न सहिष्णु लोकतान्त्रिक संस्कृति नै निर्माण गर्यो ।

    पार्टी संविधान संशोधन गर्ने शर्तमा सरकारमा गए पनि त्यसप्रति अनिच्छा देखाएको मात्र होइन, संघीयताको मर्ममाथि नै प्रहार गर्दै गएका उहाँको निश्कर्ष छ । सविधानमा उल्लेख भएका प्रदेश र स्थानीय तहहरुले पाउनुपर्ने साधन, स्रोत, शक्ति र अधिकार संघीय सरकारमै सीमित राख्ने प्रवृत्तिले संघीयताको अवधारणा नै संकुचित हुन पुगेको छ’ भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More