सरकारले सुरु गर्यो १५ वटा सरकारी अस्पतालबाट आकस्मिक सेवा निःशुल्क

23 September, 2020 23:02 | जल/वातावरण/स्वास्थ्य | comments | 21600 Views

सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा अनुरुप पहिलो चरणमा देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएर प्रारम्भ गरिएको निःशुल्क सेवाको पहिलो चरणमा राजधानी उपत्यकामा राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सुरु गरेको छ ।

  

गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका प्रेस संयोजक माधव तिवारीले जानकारी दिनुभएको छ ।

तिवारीका अनुसार केही दिनभित्रै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क सेवा प्रारम्भ गरिने छ ।

त्यस गरी उपत्यका बाहिर कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा गरिब तथा विपन्न वर्गलाई निःशुल्क आकस्मिक सेवा प्रदान गरिने छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More