सरकारसंग माग मात्रै राख्ने हैन मिलेर काम गर्न मन्त्री भट्टराईको आव्हान

11 December, 2019 16:02 | कर्पोरेट/पर्यटन | comments | 30900 Views

२० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र यसको औपचारिक शुभारम्भ अबको केही दिनमा हुनेछ । यसै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष २०२० का विषयमा आयोजना गरेको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गर्नुभएको छ ।

  

छलफलका क्रममा व्यवसायीले पर्यटन क्षेत्रका विभिन्न गुनासो र माग प्रस्तुत गरेका थिए । तर, मन्त्री भट्टराईले भने व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रामा जुट्न आह्वान गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्ने जानकारी दिंदै मन्त्री भट्टराईले भन्नुभयो ‘सरकार तपाईंहरुको साथमा छ, तर अब तपाईंहरु पनि माग मात्रै नराख्नुहोस् । सबै मिलेर काम गरौं ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More