सरकारी पक्षबाट मानवअधिकार उलङ्घनका घटना बढी : एमनेस्टी
सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टीले मानवअधिकार हननका घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरेको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो ।
प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।

न्यायिक अनुमतिबिना नै गोपनीयताको अधिकारमा हस्तक्षेप गर्न मिल्ने फराकिलो र अस्पष्ट प्रावधान समावेश गरिएको नेपाल विशेष सेवा विधेयक संसद्को माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन रहेको अवस्थामा कानूनी सुरक्षाबिना नै व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना र अभिलेख सङ्कलन गर्ने जस्ता अधिकार दिने प्रावधान विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।
यस्तै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानसहित मिडियासम्बन्धी विभिन्न विधेयक संसद्मा विचाराधीन रहेको तथा कतिपय पत्रकारलाई गलत सूचना फैलाएको र सरकारको आलोचना गरेकामा पक्राउ गरिएको औँल्याइएको छ । अधिकारवादीको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा बलले हिरासतमा लिने, प्रदर्शनकारीलाई तितरबितर पार्ने कार्य भएको प्रतिवेदनमा भनिएको छ ।
विभिन्न स्थानमा भएका घटनाको जवाफदेहिताको माग गर्दै भएका प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरिएको तथा महामारीको अवधिमा देशभर लागू भएको बन्दाबन्दी कार्यान्वयन गराउन पनि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरेको एमनेस्टीको प्रतिवेदनमा जनाइएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- सुदूरपश्चिम प्रदेश उच्च जोखिममा, भारतबाट फर्कने १० प्रतिशत संक्रमित
- आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
- आइतबार थप तीनसय ६७ मा कोभिड–१९
- सीमा नाकामा संक्रमण रोकथामको प्रभावकारी सयन्त्र नहुँदा बढ्दो जोखिम
- शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो
- महामारीबीच वसन्त यामको हिमाल आरोहण : व्यवसायी उत्साहित
- उकालो लाग्यो कोरोनाको ग्राफ- छैन मापदण्ड पालना
- आयोजना खुलेको तीन दशक पुग्नलाग्दा पनि भएन वाग्मती ढलमुक्त
- महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह
- नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ
- ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
- विधिको पालना र छलफलले मात्र पार्टीमा निकास निस्किन्छ : नेता नेपाल
- के हुँदैछ भारतमा ? एकै दिन एक लाख ५३ हजार सङ्क्रमित
- गल्ति उनका न मेरा समयको खेल थियो हजुर
- नयाँ वर्षका दिन चार सय ५२ जनालाई विभूषित गरिँदै
- बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते
- बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
- सुनचाँदी लुटेपछि आधारातमा व्यवसायीको गोली हानी हत्या, दुईजना पक्राउ
- आज घोडेजात्रा, यस्तो छ मनाउनुको कारण र इतिहास
- गर्मी बढ्यो, कोरोनासंगै अन्य संक्रामक रोगको जोखिम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


