सरकारी वेवास्ता-जनताको साथ महावीरको आविष्कार केन्द्रको यस्तो चर्चा

13 September, 2019 12:17 |सूचना/प्रविधि | comments | 11850 Views

    विज्ञान प्रविधिको विकास गरी नयाँ नयाँ आविष्कारबाट मात्र विकास सम्भव हुन्छ भन्दै एक्लै संघर्ष गरिरहेका सूचना प्रविधि विज्ञ महावीर पुनले मुलुकका प्रतिभाहरुको देशभित्र उपयोग गरी राष्ट्रलाई चाहिने प्रविधिको आविष्कारका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक स्रोत उपलब्ध गराउन लामो समयदेखि सरकारहरुसंग हारगुहार गरिरहे पनि हातलाग्यो शून्यको स्थिति छ ।

    अहिले पुन देश–विदेशमा रहेका नेपालीहरुबाट रकम संकलन गरी राष्ट्रिय आविष्कार केन्द्रका गतिविधि संचालन गरिरहेका छन् र उनको सपनाले नतिजा पनि दिन थालेको छ ।

    adsads

    आविष्कार केन्द्रले विभिन्न उपकरणहरु आविष्कार गरिरहेको छ । दैनिकजसो केन्द्रलाई आर्थिक सहायता उपलब्ध भैरहेको छ । तर सरकारी तहबाट कुनै सहायता छैन । विज्ञान प्रविधिको विकासमा सरकारको चासो नै नदेखिए पनि विदेशीहरुले पुनको आविष्कार केन्द्रको सह्राना गर्दै अन्तर्राष्ट्रिय जर्नलमा लामो लामो विवरण प्रकाशन गर्न थालेका छन् ।

    यसै क्रममा युएनडिपी अन्तर्गत क्षेत्रीय आविष्कार केन्द्र एसिया प्रशान्तका प्रमुख जिउलिओ क्वाजिओटोले “जनताद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्र” शीर्षक दिएर लामो लेख प्रकाशन गरेका छन् । जसको भावार्थ यहाँ प्रस्तुत छ–

    उनले लेखेका छन्– “महावीर पुन उमेरले ६४ वर्षका भए तर, जब उनलाई उनको कामको बारेमा कुरा गरेको सुनिन्छ तब यस्तो लाग्छ उनी कमसे कम एक दर्जन अलग अलग जीवन बिताउँछन् । अमेरिकामा स्नातक गरेपछि उनी आफ्नो गाउँ र समुदायको सहायता गर्ने उद्देश्यले गाउँ फर्किए । उनलाई विकासका बरेमा केही थाहा थिएन तर केही गर्ने चाहना थियो । यसै क्रममा वृक्षरोपण कार्यक्रम र विद्यालय निर्माणमा सामेल भएपछि उनले समुदायलाई जुटाएर सिर्जनशील गतिविधि सुरु गरे । विस्तारै दुनियाँमा इन्टरनेटका उपयोग फैलदै गएपछि महावीरले दुर्गम पहाडी गाउँहरुलाई केन्द्रित गरी नयाँ प्रविधिबाट इन्टरनेट सेवा पुर्याउने निधो गरे । उनले वायरलेस’ प्रविधि विकास गरे र म्याग्दीका दुर्गम गाउँमा जडान गरे । यसले सो क्षेत्रका बासिन्दाका लागि निकै सहज भयो । आज वायरलेस एक उद्योगको रुपमा स्थापित भएको छ र दूरदराजका १५० गाउँ र विद्यालयले सेवा लिइरहेका छन ।”

    जब देशमा राजनीतिक स्थितिमा सुधार आयो तब पर्यटन राजश्व संकलनको स्थायी स्रोत भएको निष्कर्षसहित पुनले दुई समुदायमा आधारित ‘इको ट्रेकिङ’ कार्यक्रम सुरु गरे, एक जलविद्युत स्टेशन पनि स्थापना गरे । महावीरको गतिविधि र कामले अन्तर्राष्ट्रिय ख्याति दिलायने थर पनि उनको आकांक्षा पूरा गर्नेतिर सरकारी निकायले कुनै चासो दिएका थिएनन् । उनले राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक स्रोत जुटाउन आफूले पाएका अन्तर्राष्टिय पदक र सम्मानहरु लिलामीमा राखेको फेसबुकमार्फत घोषणा गरे । आफूले आर्जन गरेको जमिन पनि आविष्कार केन्द्रलाई दिने घोषणा गरे ।”

    यसपछि महावीरले मुठीदानको अभियान चलाए । महावीर भन्छन्– आविष्कार केन्द्रलाई सरकार या कुनै दाताबाट आर्थिक सहायता प्राप्त भएको छैन । अहिलेसम्म आफ्नो प्रयासमा ८ लाख अमेरिकी डलर जुटाएको छु र यसको अधिकांश हिस्सा किसान, निम्न र मध्यम आय भएका मजदुर, विद्यार्थी, शिक्षकबाट आएको छ । यो केन्द्र वास्तवमा जनताद्वारा संचालित केन्द्र हो । पुन भन्छन् केन्द्रबाट नेपाली आविष्कारकहरुका लागि हर प्रकारको साथ समर्थन मिल्ने उनको अपेक्षा छ । कोही आविष्कारकलाई अवसरको खाँचो छ भने त्यो हामी उपलब्ध गराउँछौं, जसलाई साधनाको आवश्यकता छ उसलाई उपकरण दिलाउँछौं भने संरक्षक वा पैसाको आवश्यकता पर्नेलाई त्यो पनि उपलब्ध गराउँछौं ।

    पछिल्लो समय आविष्कार केन्द्रमा संचालित परियोजनामा स्वास्थ्य सामग्री वितरणका लागि ड्रोन, ग्रामीण क्षेत्रमा उपचारका लागि इनक्यूबस्ेटर, हिमाली क्षेत्रमा उत्पादित फलफूल भण्डारणका लागि पोर्टेबल भण्डारण संयन्त्र रहेको छ । अब बिस्तारै केन्द्रले आयआजृन पनि गर्न थालेको छ । अदुवा र हिमाली जडिबुटीको नयाँ पेय पदार्थ, एक सफवेर कम्पनी र एक हिमाली जल निर्यात व्यवसाय यसमा सामेल छ । त्यस्तै केन्द्रको सबभन्दा ठूलो र दीर्घकालीन योजना भनेको १० मेगावाट क्षमताको जलविद्युत आयोजनाको विकास हो । यसपछि सरकारलाई समर्थन गर्न कर लाग्छ । महावीर भन्छन् अहिलेसम्म सरकारले काम गरेको छैन । तर मलाई आशा छ कि अब सरकारको सोच बदलिनेछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!