सरकार किसानको सुखदुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल

23 October, 2019 10:00 | प्रदेश , प्रदेश ५ | comments | 41400 Views

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बाँकेका फौजी कीराबाट पीडित किसान क्षतिपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री पोखरेल मंगलबार नेपालगञ्ज आएको मौकाछोपी यहाँका किसानले फौजी कीराले धानबाली सखाप पारेकाले ज्ञापनपत्रमा क्षतिपूर्तिको माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले क्षतिको विवरण सङ्कलन भइरहेको र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । सरकार सधैँ कृषकको सुखदुःखको साथी भएको बताउदै उहाँले प्रक्रिया पूरा भएपछि पीडित किसानलाई सहयोग गर्ने बचन दिनुभयो ।

  

दुई सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनी, पुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा फौजी कीराको प्रकोप देखिएको छ । कृषि ज्ञानकेन्द्र बाँकेका कार्यालय प्रमुख सागर ढकालले कीराको प्रकोप देखिएको स्थानमा ९० प्रतिशतसम्म धानबाली नष्ट भएको बताउनुभयो । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर, तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले अझै सखाप बनाइरहेको ढकालको भनाइ छ ।

‘किसानको उन्नति बिना देशको विकास हुन नसक्ने’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More