सरकार जनता कति सुखी र खुसी छन् थाहा छ ?

21 July, 2019 16:25 | राजनीति | comments | 16500 Views

बाढीले छाप्रो बगाएर लगेको हप्तौं भैसक्दा पनि ओतलाग्ने ठाउँ पाउँदैनन् जनता, सामान्य उपचार समेत नपाएर मर्नुपरिरहेको छ जनता, विपद प्रभावित क्षेत्रमा महामारी फैलने खतरा बढेको छ तर वास्ता गर्दैनन् तीन तहका सरकार । सरकारमा बस्नेहरुको जिम्मेवारी टेलिभिजनका पर्दामा गोहीको आँसु बगाउनमै सीमित भएको छ ।

adsads

अब प्रश्न उठछ् यत्रो परिवर्तन, यत्रो संघर्ष अनि गाँस कटाएर तिरेको करबाट विपदमा समेत राहत नपाउने किन ? यो सन्दर्भ उठाउनुको कारण के हो भने सरकारले नेपालीहरुको खुसीको मापन गर्ने तयारी गरेको छ । र यस्तै स्थितिमा कुनै सुधार नहुँदा ९९ प्रतिशत जनता दुखी मात्र भेटिनेछन् । टिप्पणी के मात्र हो भने– सरकारले कुन कुन आधार लिएर खुसीको सर्वेक्षण गर्न लागेको हो ? सरकारले वैदेशिक रोजगारीबाट पैसा भित्रिएको छ, सबका हातमा मोबाइल छ, विदेशी लुगाफाटा लगाउन सक्ने भएका छन् त्यसैले नेपाली धनी हुँदै गए भन्ने ठानेको छ भने त्यो महागल्ती हो ।

हुन पनि ‘मुतको न्यानोमा रमाउने’ चलन केही वर्षयतादेखि सुरु भएको छ । नेपालीको जीवनस्तर प्रतिवर्ष सुध्रदै गएको प्रतिवेदन हरेक सार्वजनिक हुन्छ । यसका लागि मुलुकभित्रबाट कति विकसित स्थिति पैदा भयो र बाहिरी कारण कति भन्ने पहिलो शर्तमा सर्वेक्षण हुनुपर्छ । नेपालीको जीवनस्तर सुधार हुनुको एउटै कारण जनतासंग पैसा हुनुलाई आधार मानिएको छ । वास्तवमा भौतिक सुविधा बढे पनि यसले मानिसको जीवनलाई झन दुःखी बनाएको छ । विदेशमा श्रम गरेर पठाइएको पैसाले घर परिवारको भौतिक आवश्यकता त पूरा भएको होला केही हदसम्म के त्यतिले मात्र मानिस सुखी छ त ?

सुख र खुसीको मापद गर्दा मानिसको धर्म, संस्कृति, परम्परा र सामाजिक रीतिरिवाज अनि प्राकृतिक वातावरणलाई प्रमुख आधार बनाउन सके वास्तविक सुख–दुःखको तथ्यांक सार्वजनिक हुनेछ । आज सुख र खुसीको परिभाषामा विवाद छ । वस्तु वा पदार्थको पर्याप्त उपलब्धतालाई खुसी मान्ने प्रवृत्तिसंगै अध्यात्मबाट मात्रै मानिस वास्तविक खुसी र खुसीको चरणमा पुग्नसक्छ भन्नेबीच चरम विवाद छ र पछिल्लो खुसीको पक्षमा लाग्नेहरु थोरै छन् तर उनीहरुको तर्क बलियो छ ।

मानिस सुखी र खुसी हुन शान्ति, सहिष्णुता, भाइचारा र आपसी मिलाप चाहिन्छ । सामाजिक प्राणी भएका नाताले मानिसले आपसी सद्भाव, सहयोग र सहकार्य पाउन सके मात्र खुसी हुन्छ र त्यो खुसी प्राप्तिका लागि हरेक मानिस प्रयत्नशील रहनुपर्छ । तर आजभोलि वस्तुको उपलब्धता र पर्याप्ततालाई सुखको आधार मानेर अरुलाई मान्छे नै नगन्ने प्रवृत्ति बढ्दो छ ।

व्यक्ति वा समाज सुखी हुन उसमा मनोवैज्ञानिक तागत हुनुपर्छ अर्थात् मनोवैज्ञानिक स्वास्थ्य पहिलो आधार हो भने दोस्रोमा पर्दछ स्वस्थ जीवन । त्यसै गरी सर्वसुलभ र गरिखानसक्ने शिक्षा, सांस्कृतिक विविधताको एकता तथा समान क्षमता, सामाजिक जीवन, पर्यवरणीय विविधता तथा संरक्षण र सुशासनले युक्त मुलुकका जनता वास्तविक सुखी हुन्छन् । यसका लागि चाहिने पहिलो र अनिवार्य शर्त हो सुशासन ।

मुलुकमा सुशासन कायम भयो भने जनता सुखी हुने धेरै आधारहरु तयार हुन्छन् । त्यसपछि चाहिन्छ पर्यवरण संरक्षण र सामाजिक–धार्मिक सहिष्णुता र एकता । आज पर्यावरण क्षयोन्मुख छ । दुई दिन लगातार पानी पर्यो भने देश महासागरमा परिणत हुन्छ । यसको कारण आकाशबाट वर्षने पानीलाई मात्र मानेर बस्ने कि मानिसकै कारण यस्तो भैरहेको छ भनेर खोतल्ने पनि । पर्यावरणीय विनाशले मानिसमा स्वाभाविक रुपमा बेचैनि र अशान्ति पैदा गराउँछ । हिंसा भड्काउँछ र मानिसलाई पशुसमान बनाउँछ । आजभोलि बढ्दो अपराधमा यसैको प्रमुख हात छ ।

नेपालको मौलिक धर्म-संस्कृतिमा पश्चिमा प्रहार : अब मन्दिरको साटो चर्च- दशैंको साटो क्रिसमस !

त्यस्तै हरेक व्यक्तिको पहिचान उसको धर्म–संस्कृति हो । आज त्यही धर्म–संस्कृति बचाउन जनता सडकमा उत्रनुपरेको अवस्था छ । विदेशी अतिक्रमणबाट मौलिक धर्म–संस्कृति नष्ट हुँदै जाने चिन्ता बढिरहेको छ । एक धर्मले अर्को धर्म र एक जातले अर्को जातलाई होच्याउँदै आलोचना गर्ने क्रम बढ्दो छ ।

के यसरी जनता सुखी होलान् ? इतिहासलाई दुत्कारेर वर्तमान भताभुंग पारेर अनि भविष्य अन्धकार बनाएर सुख खोज्ने हाम्रो प्रवृत्तिले कहाँ पुर्याउने हो कोही केही भन्न सक्ने अवस्थामा छैनन । नारा फलाकेर, सपना बाँडेर अनि मिथ्यांकको ठेली छरेर देश समृद्ध भएको हुँकार गरेर अहंकार प्रदर्शन गर्नु जनता सुखी बनाउने आधार हैन ।

सरकारले कस्तो मापदण्ड तयार गरेर सुखी नेपालीको तथ्यांक तयार गर्ने योजना बनाएको छ ? घरघरमा टेलिभिजन, हातहातमा मोबाइल फोन अनि ग्रामीण जीवनशैली त्यागेर पश्चिमा नक्कली जीवनशैली अपनाउने प्रयास नै सुख हो वा सुखको परिभाषा अरु विस्तृत छ ? यो कुराको निक्र्योल नगरी सुखी नेपालीको यथार्थ तथ्यांक आउँदैन । नेपालीको जीवनस्तर सुध्रेको, नेपालीको आय बढेको तथ्यांक हरेक वर्ष सार्वजनिक हुँदा डोल्पाको दुर्गम गाउँबासीले एक मानो नुनका लागि संघर्ष गर्नुपरेको व्यथा अनि जीवनजल नपाएर जाजरकोटका दर्जनौं नागरिकले मृत्युवरणा गर्नुपरेको कारुणिक प्रसंगले सुखको आधार कसरी खोज्ला ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!