सरकार ! निर्मला बलात्कारी र हत्यारा कहिले पत्ता लाग्छ ? (भिडियोसहित)

26 July, 2019 17:35 | जन सरोकार | comments | 30600 Views

यो साता देशमाा तीन शीर्ष राजनीतिक नेताको स्मृति दिवस मनाइयो । मंगलबार बिपी कोइरालाको, त्यसपछि पुष्पलालको अनि बिहिबार नेकपाका अर्का संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा मुलुकका सबैजसो राजनीतिक दलका नेताहरुले दिवंगत नेताहरुको गुणगान गाए, उनीहरुले परिकल्पना गरेको समाजको चित्रण गरे, मुक्त कण्ठले उहाँहरुको सम्मानमा शब्द खर्चिए ।

यसै साता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बित्यो । गत वर्ष साउन १० गते उनको हत्या भएको थियो । कुनै औपचारिक रुपमा निर्मलाको स्मृति त मनाइएन तर उनले न्याय नपाएको विषयमा देशका विभिन्न भागमा कार्यक्रम भए । एउटी बालिकाको बलात्कारपछि हत्या भएको एक वर्षसम्म अराधी पत्ता नलाग्नु आफैंमा आश्चर्यको विषय बनेको छ ।

हेर्नुहोस् यो भिडियो

  

देशमा अनेक बलात्कारका घटना घटेका छन्, हत्याकाण्ड मच्चिएका छन् । ती अपराधलाई प्रहरीले केही घण्टा वा दिनभित्रै अपराधी पक्राउ गरी कारबाही अघि बढाएका घटना अनेक छन् । तर निर्मला पन्तको हत्यारा किन पत्ता लागेन भन्ने प्रश्नको उत्तर खोज्दा उत्तर दिन प्रहरी सक्षम छैन । राज्य कुतर्कमा ढाकछोप गरिरहन्छ ।

यसबीचमा नेपाल विद्यार्थी संघले राजधानीको माइतीघर मण्डलामा निर्मलाको न्यायको माग गर्दै प्रदर्शन गरेको छ । हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

निर्मला पन्त बलात्कार र हत्याको एक वर्ष- सरकार अपराधी जोगाउनै लागिपरेको हो ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More