सरस्वती पुजासंगै साहित्यिक गोष्ठी कार्यक्रम कोलोराडोमा सम्पन्न

22 February, 2016 19:56 | प्रबास | comments | 195150 Views

नातिबाबु भट्ट कोलोराडो, अमेरीका -अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आइतबार कोलोराडोको बु्रमफिल स्थित जाईका रेष्टुरेन्टमा बिद्याकी देवी सरस्वती पुजासंगै साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो ।

kh

गायक बसन्त लम्सालको आतिथ्यतामा उनको ब्रुमफील स्थित जईका रेष्टुरेन्टमा सम्पन्न साहित्यिक गोष्ठीको सुरुआत मंगला चरण तथा सरस्वती बन्दनाबाट सुरु गरिएको थियो ।

adsads
कार्यक्रममा १७ जना भन्दा बढी कवी,कवयत्री, गायक तथा सर्जकहरुले आफ्ना  सृजना प्रस्तुत गरेका थिए ।

बसन्त पञ्चमीको सेरेफेरोमा भएको कार्यक्रममा सरस्वतीको फोटोमा माल्यार्पण पछि अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा र डा. बिजयराज शर्माले कार्यक्रममा उपस्थित साना बाल बलिकाहरुलाई कापी कलम बितरण गरेका थिए । सोही अवसरमा डा. बिजयराज शर्माले लक्ष्मी रेग्मीलाई अक्ष्यराम्भ गराएका थिए ।

कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य,कवि, कवियत्री, गायक, कलाकार,व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको बाक्लो उपस्थितीले कार्यक्रमको रौनक बढाएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा सर्जकहरुले आ–आङ्खना रचना संगै सरस्वतीको महिमा बर्णन गरेका थिए ।

यसरी रचना संगै मन्तब्य राख्नेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, डा.विजयराज शर्मा, कवि देब भट्टराई, एनआरएनका अध्यक्ष बासुदेब खनाल, प्रवासी नेपाली मन्चका अध्यक्ष जगत श्रेष्ठ, समाजसेवी रमेश गुरुब लुईटेल, हरि लामीछाने, दिनेश कार्की, प्रज्वल नेपाल, तारा अधिकारी,यशोदा भट्ट लगायतका सघ संस्थाका पदाधिकारी तथा कवि कवयत्री रहेका थिए ।

kh1

गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा सरस्वतीको महिमा, मातृ भुमी नेपाल र अमेरिकामा नेपालीहरुको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो  भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।

कार्यक्रममा पुराना कवि कवियत्रीहरुको कृति वाचन गर्ने क्रममा राष्ट्रकवि माधव घिमीरेको कृति गौरी खण्डकाव्यबाट देव भट्टराईले सुरिलो छन्दमा प्रस्तुत गर्दा सवैका आँखा रसाएका थिए । त्यस्तैगरि वसन्त लम्सालको राष्ट्रिय गीतले सबैको मन छोएको थियो ।

kh2

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा कवि भोला सिवाकोटीको प्रस्तुतीमा सम्पन्न साहित्यिक गोष्ठीमा गीत लगातयतका श्रृजनाको प्रस्तुतीले चट्नीको काम गरेको थियो । मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आयनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!