सर्लाहीमा दुई सय १० किलो गाँजासहित दुईजना पक्राउ

16 May, 2019 16:13 | जन सरोकार | comments | 8850 Views

प्रहरीले सर्लाहीमा २ सय १० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–७ का सनोजराज घिमिरे र पर्सा वीरगञ्ज महानगरपालिका–१८घर भई लालबन्दी नगरपालिका–७ बस्दै आएका २२ वर्षीय सिधु सिंह रहेका छन् ।

adsads

लालबन्दी नगरपालिका–६ स्थित संगम लामाको घरमा लागु औषध गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी घरको ताला फुटाई खानतलासी ६० किलोग्राम गाँजा भेटिएको थियो ।

६० किलोग्राम गाँजा बरामद भएपछि लालबन्दी नगरपालिका–७ हस्पिटल छेउमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको भारतीय टाटा कम्पनीको बीआर ३० प १४५८ नम्बरको गाडीमा समेत १५० किलो ग्राम लागु औषध गाँजा बरामद गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिनुभएको छ ।

डीआईजी हरि पालले पक्राउ परेका व्यक्तिहरुले सर्लाही लालबन्दी नगरपालिका आसपासको क्षेत्रबाट लागु औषधको बिक्री तथा ओसारपसार गरी भारतीय तथा स्थानीय मानिसहरुको मागअनुसार पोका बनाई बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो ।

५० किलो गाँजासहित लाजिम्पाटबाट दुईजना पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!