सर्लाहीमा नक्कली नोट सहित पक्राउ एकजना पक्राउ

15 September, 2019 16:21 | जन सरोकार | comments | 8850 Views

सर्लाही जिल्लाको बागमती नगरपालिका ८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका ६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसै गरी काठमाडौं महानगरपालिका ६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका ३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका रिता लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट नगद ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र ३ बुक तास प्रहरीले बरामद गरेको गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उता मुगुमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोरु गाउँपालिका १ नार्थबु बस्ने २८ वर्षीय मुनसिह दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  

सोही ठाउँस्थित बुझेनी जङ्गलमा गाई चराउन गएको अवस्थामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोरुबर्मा र जिल्ला प्रहरी कार्यालायबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More