सर्लाहीमा विप्लव समूह र प्रहरीबीच भिडन्त- जिल्ला इन्चार्ज पौडेल मारिए

20 June, 2019 20:03 | राजनीति | comments | 21300 Views

सरकारले प्रतिबन्ध लगाएको विप्लव समूह र प्रहरीबीच भीडन्त भएको छ । समाचार अनुसार सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भएको गोली हानाहानमा एकजनाको मृत्यु भएको छ ।

adsads

प्रहरीको गोली प्रहारबाट कुमार पौडेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभएको छ । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज छन् ।

पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो ।

बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी विप्लव नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो ।

बम बिस्फोटमा मृत्यु भएका र अधिकांश घाइते विप्लव समूहका

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!