सर एलेक्स फर्गुसनले सन्यास लिने

10 May, 2013 18:44 | खेल | comments | 33600 Views

स्कटल्याण्डका हस्ती सर एलेक्स फर्गुसनले इङ्लिश क्लब म्यान्चेस्टर युनाईटेडको म्यानेजरबाट आफ्नो २६ बर्षिय कार्यकालपछी सन्यास लिने भएका छन ।

 

 

  

मौजुदा सिजनको समाप्तीसगै च्याम्पियन इङ्लिश क्लब म्यान्चेस्टर युनाईटेडको म्यानेजरबाट उन सन्यास लिन लागेका हुन । ७१ बर्षिय फर्गुसनले आफ्नो जिवनको २६ बर्ष म्यान्चेस्टर युनाईटेडसँग बिताए । सो अवधिमा कुल ३८ उपाधिको बिजेता बनेका फर्गुसन इङ्लिस लिगको मात्र नभएर क्लब फुटबल कै निकै सफल र सवल म्यानेजर मानिन्छन ।

 

 

फर्गुसनको कार्यकालमा म्यान्चेस्टर युनाईटेडले कुल १३ वटा प्रिमियर लिगका उपाधी हात पार्‍यो भने २ वटा च्याम्पियन्स लिग, ५ वटा एफ.ए. कप र ४ वटा लिग कप समेत उचाल्यो । आफ्नो सन्यासका बारेमा बोल्दै फर्गुसन भन्छन्-, मैले निर्णय लिनै पर्ने हुन्छ र यही नै निर्णयको सही बेला पनि हो । म्यान्चेस्टर युनाईटेड निकै सवल ठाउँमा छ र यसले अब म बिना पनि राम्रो प्रदर्शन गर्न सक्छ,- उनी थप्छन ।

 

 

अब फर्गुसनको ठाउँमा हालका इभर्टनका म्यानेजर डेभिड मोयजले म्यान्चेस्टर युनाईटेडको जिम्मा सम्हाल्ने जनाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More