अजय देवगन र सलमान खान अजय देवगन र सलमान खान

  • अजय देवगन र सलमान खान
  • अजय देवगन र सलमान खान
  • अजय देवगन र सलमान खान
  • अजय देवगन र सलमान खान
  • अजय देवगन र सलमान खान
  • अजय देवगन र सलमान खान

सलमानको फिल्म फिक्री अली र अजय देवगणको शिवायको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

9 August, 2016 17:20 | कला/मनोरन्जन , वलिउड | comments | 184800 Views

 

अजय देवगन र सलमान खान

सलमान खान पछिल्लो समयमा सफल फिल्म दिने नायकको रुपमा पहिलो स्थानमा नै पर्छन भन्दा खासै फरक नपर्ला । उनको होम प्रोडक्सनमा बनेको फिल्म फिक्री अलिको ट्रेलर सार्वजनिक भएको छ ।

adsads
बलिउड फिल्मको ट्रेलर सार्वजनिक हुने माहोल बढ्दै जाँदा अर्का नायक अजय देवगण अभिनित फिल्म ‘शिवाय’को ट्रेलर पनि सार्वजनिक गरीएको छ ।

फिल्म ‘फिक्री अली’मा अभिनेता नवाजुद्दिन सिद्धकी र यामी ज्याक्शन मूख्य भूमिकामा छिन् । यस फिल्मको ट्रेलर लन्चका क्रममा सलमान स्वयं उपस्थित थिए । यो फिल्म सेप्टेम्बरमा रिलिज हुनेछ । र संजोक कस्तो भयो भने यो फिल्म रिलिज भुनै दिन बलिउडको बक्स अफिसमा कटरिनाको फिल्म ;बार बार देखो’सँग पनि रिलिज हुँदै छ । उक्त फिल्म कसले बाजी मर्ला त्यो त आगामी दिनमा देखिनेछ । एकै दिन कट्रिनाको फिल्म लाग्ने भन्दै सलमानले ‘यी दुई फिल्मको लडाई नहुने बताएका छन् । “मलाई आशा छ कटरिना र सिद्धार्थको फिल्म राम्रै चल्नेछ । दुवै फिल्महरुको कथावस्तु फरक भएका कारण दुवै फिल्मले राम्रो व्यापार गरुन् भन्ने मेरो चाहना छ ।”

फिल्मलाई सलमानका भाई सोहेल खानले निर्देशन गरेका हुन् । सोहेलले यस अघि प्यार किया तो डरना क्या, औजार, हेलो ब्रदर, जय हो लगायतका फिल्महरु निर्देशन गरिसकेका छन् ।

त्यस्तै अजय देवगन अभिनित ‘शिवाय‘ फिल्ममा नायक अजय शिव भगवानसंग प्रेरित भएका हुन्छन् जसका कारण उनी शिवका संरक्षक, पालक र विनाशकारी भूमिकामा छन् । फिल्ममा शायशा सहगल पनि मूख्य भूमिकामा छिन् । अजयको यो फिल्मबाट पोल्याण्डकी अभिनेत्री एरिका पनि बलिउडमा प्रवेश गर्दै्छिन् । फिल्म अक्टोबर २८ मा रिलिज हुनेछ ।

‘फिक्री अली’ को ट्रेलर-

‘शिवाय’ ट्रेलर-

यो पनि हेर्नुस –

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अजय देवगन र सलमान खान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!