सलमान खान सबै भन्दा बढी खोजिने अभिनेता

16 July, 2016 14:49 |कला/मनोरन्जन , वलिउड | comments | 121350 Views

    सलमान खानका बारेमा अनभिज्ञ फिल्म पारखी कमै होलान् । उनी बलिउडमा मात्रै सीमित छैनन् ।

    adsads
    एकपछि अर्को फिल्ममार्फत् बक्सअफिसमा नयाँ–नयाँ रेकर्ड राख्न माहिर सलमानलाई हालैको एक सर्वेक्षणले गुगलमा सर्वाधिक खोजिने भारतीयको सूचीमा एक नम्बरमा राखेको छ । त्यसो त उनी विगत दस वर्षदेखि पहिलो नम्बरमै हलचल नभई बसेका छन् ।

    salman

    सलमान जति फिल्म र स्टारडमका कारण चर्चित छन्, उति नै ब्याड ब्वाय छवि र कालो हरिणको अवैध सिकार र ‘हिट एन्ड रन केस’ का कारण उत्तिकै बदनामी पनि खेपिरहेका छन् । त्यसो त पछिल्लो समय छवि सुधार्ने अभियानमा लागेका सलमानले सामाजिक सहयोगका लागि विईंग ह्युमन नामक परोपकारी संस्था पनि सञ्चालनमा ल्याएका छन् ।

    ५० वर्षको उमेरमा पनि अविवाहित नै रहेका सलमान प्रेममा रहँदा मात्रै नभई ब्रेकअपपछि पनि पूर्वप्रेमिका र उनका नयाँ सम्बन्धसँग गर्ने विवाद र झगडाका कारण बढी मिडियामा छाउने गर्छन् । विवाद, स्टारडम र रेकर्ड ब्रेक फिल्मका कारण सलमान गुगलमा सर्वाधिक बढी खोजिने र चासो दिइने भारतीय सेलिब्रेटी बन्न सफल रहेको सर्वेक्षणकर्ता बताउँछन् ।

    गुगलमा सर्च हुने भारतीयमा शाहरूख खान दोस्रो स्थानमा रहेका छन् भने अक्षय कुमारले तेस्रो स्थानमा कब्जा जमाएका छन् । चौथो स्थानमा अमिताभ बच्चन खोजीमा परेका छन् भने दक्षिण भारतीय फिल्मका सर्वाधिक चर्चित अभिनेता रजनीकान्त त्यसपछि अटाएका छन् । खोजी गरिने दस भारतीय सेलिब्रेटीमा त्यसपछि हृतिक रोशन, शाहिद कपुर, रणवीर कपुर, आमिर खान र इमरान हासमी अटाएका छन् ।

    बलिउड नायिकाहरू सनी लियोनी, कट्रिना कैफ र करिना कपुर महिला सेलिब्रेटीतर्फ अग्रस्थानमा अटाएका छन् । छोटो समयकै पोर्नस्टारको छविलाई बलिउड नायिकामा बदल्न सफल सनीले गुगल सर्चमा सबै बलिउड नायिकालाई पछि पारेकी हन् । त्यसपछिको सूचीमा काजल अग्रवाल, दीपिका पादुकोण, ऐश्वर्या राय, प्रियंका चोपडा, तमन्ना भाटिया, आलिया भट्ट र सोनाक्षी सिन्हा गुगलमा बढी खोजिएकामा परेका छन् ।

    सर्वाधिक बढी गुगल गरिएको भारतीय फिल्ममा ‘पीके’ पहिलो नम्बरमा आएको छ भने त्यसपछि क्रमश: ‘कहानी’, ‘बाहुबली’, ‘आशिकी २’, ‘धुम ३’ सर्वाधिक पाँच खोजीमा आएका छन् । गायक/गायिकाको खोजीमा हनि सिंहले सबैलाई उछिनेका छन् । पछिल्लो समय विवादमा समेत घेरिएका हनीले आतिफ आसलम र अरजित सिंहलाई दोस्रो र तेस्रो स्थानमा छोडिदिएका छन् । लता मंगेशकर भने चौथो खोजी गरिने भारतीय गायकगायिकामा आएकी छन् । त्यसपछि सोनु निगम, किशोरकुमार, श्रेया घोषाल रहेका छन् ।

    गुगलमा खोजी गरिने क्लासिकल हिरोइनहरूको सूचीमा रेखा अग्रस्थानमा छिन् भने श्रीदेवी, मधुबाला, हेमा मालिनी र जिनत अमानले उनले पछ्याएका छन् । क्लासिक अभिनेतातर्फ भने अमिताभ नै अगाडि छन् । उनीपछि कमल हासन, राजेश खन्ना, मिथुन, राजकुमार, धर्मेन्द्र, दिलीप कुमार रहेका छन् ।
    -कान्तिपुर बाट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!